२०७९ माघ २४, मंगलबार

अमेरिका र इरानबीच युद्ध हुन लागेकै हो त ?

बैशाख २४, २०७६  | १२४९ पटक पढिएको

बीबीसी । अमेरिकाले इरानलाई एउटा ‘स्पष्ट र सिधा’ सन्देश दिन मध्य–पूर्वमा आफ्नो एउटा युद्धपोत तैनाथ गरेको छ। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जान बोल्टनले भनेका छन्, ‘ट्रम्प प्रशासनले यो निर्णय दुख दिने र उक्साउन संकेत गर्ने र चेतावनी दिनेको जवाफमा लिएको हो ।’

एक अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार इरानमा रहेका अमेरिकी सुरक्षा बलको मुख्यालयमा आक्रमणको आशंका गरिँदै आएको थियो र त्यही कारण अमेरिकाले यो कमद उठाएको हो । जन बोल्टनले कुनै पनि प्रकारको आक्रमणको जवाफ गतिलेसँग दिने बताएका छन् ।

बोल्टनले भने, ‘अमेरिका यूएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप र एक बाम्बर टास्क फोर्सलाई अमेरिकाको ‘सेन्ट्रल कमाण्ड’ क्षेत्रमा पठाउँदैछ । हामी यस्ता इरानी शासनलाई एउटा स्पष्ट र सिधा सन्देश दिनकालागि गरिरहेका छौं । सन्देश के हो भने यदि अमेरिका या उसका सहयोगीमाथि कुनै पनि प्रकारको आक्रमण भयो भने त्यसको गतिले जवाफ दिन्छौं ।’

बोल्टनले अगाडि भने, ‘अमेरिका इरानसँग युद्ध गर्न चाहँदैन । तर हामी कुनै पनि प्रकारको आक्रमणको जवाफ दिन पूरै तयार छौं । चाहे यो इस्लामिक स्टेट रिभोल्यूशनरी गार्ड्स या इरानी सेनाले सुरु गरेको छद्म युद्ध किन नहोस् ।’ यसअघि अमेरिकाले इरानको एलीट रिभोल्यूशनरी गार्डलाई ‘विदेशी आतंकवादी संगठन’ भनि सकेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस