२०७९ माघ १३, शुक्रबार

तीन वटा घरमा आगलागि हुँदा करिब ५० लाख बराबरको क्षति

बैशाख २३, २०७६  | १२२२ पटक पढिएको

– निराश पाण्डे
२३ वैशाख, दाङ / शान्तिनगर गाउँपालिका वडा नम्बर ४ स्थित जुम्लेकुलामा तिन ओटा घरमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको जनाइएको छ । सोहि ठाउँ निवासी बुद्धिराम रेउले, उनका भाइ गौरीलाल रेउले र कुल बहादुर रेउलेका घरमा आगलागी भएको छ ।

आगलागीबाट गोरु २, बाख्रा ६, बंगुर २, मोटरसाइकल १ र अन्नपात गरि ५० लाख बराबरको क्षति भएको पीडित बुद्धिराम रेउलेले जनाएका छ्न् । आगो दिउँसो पौने बार बजेतिर लागेको स्थानीय डम्बर के.सी.ले जनाएका छ्न् । आगो तोरिको डाठ्मा बिहान लगाएको र त्यहि आगोबाट सल्किएको जनाइएको छ ।

तुल्सिपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए । उक्त क्षेत्रमा शान्तिनगर दङ्गीशरण गाउँपालिकाका अध्यक्ष र जनप्रतिनिधि त्यसैगरि इप्रका खिलतपुर र प्रहरी चौकी चिराघाटको प्रहरी टोली स्थानीयले उद्धार कार्यमा सहयोग गरेका छ्न् ।

यसै गरि शान्तिनगर तिन स्थित हरियाली सामुदायिक वनमा आज एक बजे तिर आगलागी भएको छ ।

प्रहरी चौकी चिराघाट्का प्रमुख भरतनाथ योगिले जनाए अनुसार आगो के कति कारणले लाग्यो भन्ने कुराको अनुसन्धान भैरहेको र सामुदायिक बनको १५ बिघा वन क्षेत्रमा आगलागी भएको जनाइएको छ भने आगो नियन्त्रणमा आइ सकेको प्रमुख योगि ले जनाएका छन् । उता आगलागी पीडितलाई शान्तिनगर गाउँ पालिकाले दस–दस हजारका दरले तिस हजार रुपैयाँ तत्काल उपलब्ध गराउने अध्यक्ष कमान सिङ्ग डाङ्गी ले जनाएका छन्, भने आगलागी पीडितलार्इ सहयोग गर्न सबैमा अनुरोध समेत गरेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस