२०७९ माघ १३, शुक्रबार

“छ वर्ष पछि नयाँ दृष्टि पाएपछिको खुसी”

बैशाख २३, २०७६  | १७१३ पटक पढिएको

२३ वैशाख, तुलसीपुर (दाङ) / यहाँकी एक बालिकाले छ वर्ष पछि गुमेको आँखाको नयाँ दृष्टि पाएकी छन् । कृष्णनगर नगरपालिका –७ कर्माबस्ने १३ वर्षिय किरण तेलीको दुवै आँखा मोतियाविन्दुका कारण बन्द भएका थिए ।

आर्थिक अभावका कारण उपचार नपाएकी तेलीलाई राप्ती आँखा अस्पताल रक्षाचौरमा शनिवार दुवै आँखामा लागेको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको थियो । आइकेयर नर्वेको सहयोगमा अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया पछि आइतवार दुवै आँखा पहिले जस्तै देख्ने भएपछि उनी मात्र होइन उनको परिवार खुसी भएका थिए । आँखा छ त संसार देख्न पाएकोछ आज फेरी नयाँ जुनि पाएको जस्तो लागेकोछ छोरीको खुसीका आँसुहरु खसाल्दै उनकी आमाले भनिन् ।

नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित छन्द् कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्जले सञ्चालन गरेको आँखा चेकजाँचको क्रममा चेकजाँच गराउन आएकी किरणले दुवै आँखा नदेख्ने भएपछि उनलाई राप्ती आँखा अस्पतालमा सनिवार शल्यक्रियाका लागि ल्याएको अस्पतालका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले बताए ।

१३ वर्षकि तेली सात बर्षको हुँदा देखि मोतियाबिन्दुका कारण उनको आँखाको दृष्टि विस्तारै बन्द भएको र हाल अरुको सहारामा हिँडडुल गर्दै आएको उनका बुबा रामबरास तेलीले बताए । ‘६ वर्षपछि छोरीले आँखा देख्ने भएपछि हामीहरु आज हर्षित भएकाछौं, छोरीले नयाँ जिवन पाइन्’ बुवा रामबरासले भने । उनले आर्थिक अभावका कारण उपचार गराउन नसकेको बताए ।

किरणले आइतवार अस्पतालमा शल्यक्रिया पछि आँखामा लगाएको पटी खोल्दा पहिले जस्तै प्रस्ट देख्ने भएपछि खुसीले गदगत भएकी थिइन् । नेपाल नेत्रज्योति संघ, दातृ निकायका प्रतिनिधि र अस्पतालमा शल्यक्रिया गर्ने नेत्र विशेषज्ञ डा सुलक्ष्मी कटुवाल, नेत्र विशेषज्ञ सुरेश रसाइली, प्रशासक तथा शल्यक्रियामा सहभागी सवैलाई उनको परिवारले धन्यावाद दिदै खुसी साटेका थिए ।

त्यसैविच दातृ निकाय एनएवीपी नर्वेका सेभेन कासटवर्ग, अमेलिया, क्याथरिन, मार्थे, सिभियर र एनएवीपी नेपालका प्रोजेक्ट म्यानेजर हरिशरण विष्ट लगायतको टोलि दाङ आएको थियो । किरणलाई रु एक लाख ३० हजार रकम समेत सहयोग गरेका छन् । उनलाई बढाई लेखाइको लागि सो रकम हस्तान्तरण गरेको विष्टले बताए ।

त्यसैविच नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले नेपालमा मोतियाबिन्दुनै अन्धोपनको प्रमुख कारण रहेको भन्दै पैसाको अभावका कारण कोही कसैले पनि अन्धोपन विताउन नपर्ने भन्दै समयमै उपचार गराउनुपर्ने सुझाव दिए । उनले किरण जस्ता धेरैले हाल आर्थिक अभावका साथै अन्य कारणले अन्धोपनको समस्या झेलेको भन्दै स्थानीय सरकार संग साझेदारी गरेर मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस