नमुना युवा संसद दंगीशरणको बैठक सम्पन्न


– दिप्तीशिखा चौधरी,
२२ वैशाख, दंगीशरण (दाङ) / नमुना युवा संसद दंगिशरणको बैठक दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ । बैठकले वडा स्तरीय युवा क्लबका बैठक सम्बन्धित वडा अध्यक्षहरु प्रमुख आतिथ्यतामा बस्ने, दंगिशरण गाउँपालिका सबै स्कुलहरुमा स्कुल क्लब निर्माण गरि सकरात्मक सोच, बालविवाह दुव्र्यशनी न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, युवाका सवालमा विभिन्न निकायबाट शसर्त रुपमा आउने हरेक बजेट तथा कार्यक्रम र गाउँपालिकाबाट सञ्चालन हुने हरेक कार्यक्रममा युवा सहभागिताको ग्यारेन्टी गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने, भर्खरै गाउँपालिकामा पाल्नुभएका प्रमुख प्रशाकिय अधिकृत चन्द्रकान्त पौडेल र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारीलाई स्वागत गर्ने लगायतका निर्णय गरेको छ ।

नमुना युवा संसद दंगिशरणको सभामुख पारस खड्काको अध्यक्षता एवं दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्यता एवं गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको विशिष्ट आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश कुमार रावत, प्रमुख प्रशासकिय प्रमुख चन्द्रकान्त पौडेल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।


साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस