💘गजल 💘

बैशाख २२, २०७६  |  २४२ पटक पढिएको  |   साक्षी खबर

खुशि भन्दा धेरै पिडा स्वीकार भएको छ,
त्यसैले होला यात्रा सहजै पार भएको छ ।

कति संघर्ष गरे जिन्दगीमा भन्न सक्दिन,
मेरो सफलता दुश्मनलाई धार भएको छ ।

जति कोशिश गर्छौ खुट्टा तानेर लडाउन,
थाहा छैन तिमिलाइ आफ्नै हार भएको छ ।

जब जब बुझ्दै जान्छौ मलाई र समयलाई,
अनि भन्नेछौ जीवन आफैमा झार भएको छ ।

असल उदाहरण बन्नुछ हर परस्थितिमा,
कयौं मा त मेरो आत्माकथा साभार भएको छ ।।

– पुनम थापा
दाङ, तुलसीपुर

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार