२०७९ माघ १३, शुक्रबार

दाङको शान्ति नगरमा झाडापखाला फैलियो

बैशाख २१, २०७६  | ९३१ पटक पढिएको

२१ वैशाख, दाङ / दाङको शान्ति नगरमा झाडापखाला फैलिएको छ । शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो । उहाँका अनुसार बिहीबार रातिदेखि फैलिएको झाडापखालाबाट २० जना बिरामी परेका छन् ।

बिरामीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । झाडापखाला प्रभावित क्षेत्रमा अहिले गाउँपालिकाको टोलीसँगै राप्ती प्रादेशिक अस्पतालबाट चिकित्सकको टोली त्यसतर्फ गएको छ । तर झाडापखाला लाग्नुको कारण खुल्न नसकेको गाउँपालिका अध्यक्ष डाँगीले बताउनुभयो । गएको वर्ष पनि दाङका शान्तिनगर–३ मा झाडापखाला फैलिएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस