२०७९ माघ १३, शुक्रबार

आँखा र पाठेघरका बिरामीले सेवा लिए

बैशाख २०, २०७६  | १४६९ पटक पढिएको

– दिप्तीशीखा चौधरी
२० वैशाख, दंगीशरण (दाङ) / दंगीशरण गाउँपालिकाको इलाका स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा आज ३ सय २४ जनाले आँखा चेकजाँच गराएका छन् । शिविरमा २ सय ४ महिला र १ सय २० पूरुष गरि जम्मा ३ सय २४ जनाले सेवा लिएका हुन् ।

राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि. तुलसीपुर दाङको आयोजना तथा नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक तथा आर्थिक सहयोगमा एवं दंगीशरण गाउँपालिका र स्वास्थ्य चौकी हेकुलीको व्यवस्थापनमा ईलाका स्वास्थ्य चौकी हेकुलीमा भएको निःशुल्क आँखाजाँच कार्यक्रममा दंगीशरणबासीहरु आँखा सम्बन्धि सेवा लिएका हुन् ।

राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि तुलसीपुरका अध्यक्ष हेमन्त योगी र कोषाध्यक्ष हेमराज गौतमको संयोजनमा आएको ११ जनाको टोलीले सेवा दिएको हो । जसमा १४ जना पूरुष र १६ जना महिला गरि जम्मा २७ जनामा मोतीबिन्दु देखिएको रफिकलका प्रबन्धक कुमार बसन्त आचार्यले जानकारी दिए । विरामीहरुलाई भोली चेकजाँचका लागि रक्षाचौर आँखा अस्पतार रक्षाचौरमा बोलाईएको प्रबन्धक आचार्यले बताए ।

बिरामीहरुलाई धुलो धुँवाबाट बच्न, सफा पानीले आखाँ धुन सुझाव दिइएको थियो । चेकजाचँ कार्यक्रममा नेपाल नेत्र ज्योति संघका नेत्र सहायक सपना गौतमको टोलीले चेकजाँच गरेको थियो । यस्तै स्वास्थ्य कार्यालय दाङको आयोजनामा अन्सट्रेटिक फिस्टुला तथा पाठेघर झरेको समस्याको पहिचान र भि आई ए जाँच क्याम्प कार्यक्रममा आज १ सय ११ जनाले सेवा लिएका थिए ।

जसमा ६० जनामा पाठेघरमा क्यान्सर भएको, १५ जनामा ईन्फेकसन भएको, ५ जनामा क्यान्सर भएको शंका भएको र ५ जनामा पाठेघर खसेको भेटिएको थियो । स्वास्थ्य कार्यालयबाट आउनु भएका पब्लिक हेलथ नर्स रेणु श्रेष्ठको संयोजनमा परिवार नियोजन संघका नर्स सन्जु भण्डारी र खिमा भूषालले बिरामीहरुको चेकजाँच गरेका थिए । कम उमेरमा विवाह गरेकाले, असुरक्षित यौन सम्पर्क, सरसफाईमा कमी, खानपिनमा कमी भएकाले रोगको लक्षण देखिएको नर्स श्रेष्ठले बताईन् । चेकजाँचका क्रममा अली जटिल समस्या देखिन लागेको बिरामीलाई तुरुन्त क्यान्सर अस्पताल वुटवल र चितवनमा जान सल्लाह दिईएको थियो ।

बिरामीहरुलाई रोग लागेको सम्बन्धि विषयमा परामर्श दिईएको थियो । आँखा चेकजाँचका लागि आएका ८२ वर्षिय टोपेन्द्र प्रसाद आचार्यले आँगनमै चेकजाँचको कार्यक्रम आएको भन्दै खुसी भए । झरेका दाँत फिस्स देखाउँदै उनले भने– “बाबु यस्तै जचाउने शिविर बोलाईदिनु, हाम्लाई सजिल भयाछ । बुढेसकालमा टारा काँ जाने हो र ।” यस्तै ७० वषिय गोमी बोहरा पनि घाँटि र आँखा चेकजाँचका लागि आएकि थिईन उनी कालो चस्मा खोलेर देखाउँदै भनिन् “नानी मेरा आँखा क्या भईगे कत्ती देख्दिन जचाँउने मान्छ आछन भनीन जचाउँन आईहुँ । बेलाबेलामा आईरया त हुने हो ।” चेकजाँचमा २८ वर्षिय पार्वती परियारले पाठेघर चेकजाँच गराईन् । पाईक पर्ने ठाउँमा चेकजाँच राखेको भन्दै खुसी व्यक्त गरिन् । कार्यक्रमलाई राप्ती विश्वासी बचत तथा ऋण सहकारी सस्ंथा, दंगीशरण गाउँपालिका र स्वास्थ्य चौकी हेकुलीले व्यवस्थापन गरेको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमा कुमारी खड्काले अवलोकन गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस