२०७९ माघ २६, बिहीबार

अन्धोपनको मुख्य कारण मोतिबिन्दु

बैशाख २०, २०७६  | १११५ पटक पढिएको

२० वैशाख, तुलसीपुर / नेपाल नेत्रज्योति संघ ५ नं. प्रदेश स्तरिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीका सहभागीहरुले नेपालमा मोतिबिन्दुनै अन्धोपनको मुख्य कारण रहेको बताएका थिए । रुपेन्देही जिल्ला शाखाका सभापति सागरप्रताव रानाको अध्यक्षता तथा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीमा सहभागीहरुले सो कुरा बताएका हुन् ।

गोष्ठीमा बोल्दै पोखरेलले नेपालको आँखा उपचारको क्षेत्रमा नेपाल नेत्रज्योति संघले उल्लेखनिय भूमिका खेलेको बताउदै प्रशंसा गरेका थिए । उनले यहाँका सञ्चालन भएका आँखा अस्पतालहरुको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले आँखा उपचारको क्षेत्रमा भारतिय नागरिकले नेपालका अस्पताललाई विश्वास गर्नु सबैभन्दा ठुलो उपलब्धी भएको बताए । उनले त्यसका योजनाहरु ल्याउन पनि आग्रह गरे ।

‘आँखा अस्पतालहरुको विकाश कसरी गर्ने योजना बनाउनुहोस त्यसमा प्रदेश सरकारले सहयोग गर्न तयार छ’ उनले भने । संघका केन्द्रिय अध्यक्ष प्रा.डा. तिर्थराज मिश्रले दातृनिकायको सहयोगबाट नेपालको अन्धोपन निवारर्णमा संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्य संघ संस्थाहरु जस्तो नेत्रज्योति संघ नभएको बताए ।

गोष्ठीमा नेपाल नेत्र ज्योती संघका केन्द्रिय कार्यक्रम निर्देशक शैलेश कुमार मिश्रले संघको प्रगती, नेपालमा आँखा उपचारको अवस्था लगायतको विषयमा जानकारी गराएका थिए । गोष्ठीमा नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालन भएका आँखा अस्पतालहरुको भावि योजना, हाल सम्म गरेका कार्यहरु र समस्याहरुको वारेमा छलफल भएको थियो ।

सो अवसरमा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले दाङ शाखाले हाल सम्म गरेका गतिविधिहरु र भावि योजनाहरुको वारेमा गोष्ठीमा जानकारी गराएका थिए । त्यस्तै आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालन भएका राप्ती, लमही र बहादुरगञ्ज अस्पताल र उपचार केन्द्रहरुले हाल सम्म दिएका सेवाहरु, भावि योजना र समस्याहरुको बारेमा वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले जानकारी गराएका थिए ।

त्यस्तै दाङ शाखा सभापति कृष्णकुमार गिरीले संघद्वारा सञ्चालन गरेका अस्पतालहरुले साविक राप्ती अञ्चलमा अन्धोपन निवारर्णमा अतुल्नीय भूमिका खेलेको भन्दै आफुहरुले स्थानीय सरकारसँग प्रदेश सरकार संगको सहकार्यमा थप सेवा विस्तार गरेको जानकारी दिएका थिए । त्यसैविच गोष्ठीले संघको प्रदेश नंं. ५ तदर्थ समिति गठन गरेकोछ ।

रुपेन्देही शाखाका साभापति सागरप्रताव रानाको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । समितिको सहसंयोजकमा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीलाई चयन गरेको गरेको छ । तदर्थ समितिको सदस्यहरुमा प्रदेश नंं ५का नेपाल नेत्रज्योति संघका सभापतिहरु रहनेछन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस