२०७८ असोज ११, सोमवार

सुटिङका लागि अनुपम, बोमन र परिणिती नेपाल आउँदै

भदौ १६, २०७८  | २३० पटक पढिएको

१६ भदौ, काठमाडौं । वलिउडका कालाकारहरु अमिताभ बच्चनसहित अनुपम, बोमन र परिणिती नेपाल आउँदैछन् ।

चलचित्र ‘उचाई’को छायांकनका लागि करिब ४० दिनको सुटिङ सेड्यूल लिएर अक्टुबर महिनामा नेपाल आउन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

निर्देशकमा सुरज बर्जत्य रहेको चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका रहनेछ । तर, नेपालको हिमाली भेगमा यो चलचित्रको छायांकन हुने भएकाले उनी नेपाल नआउने नेपालका लागि चलचित्रको व्यवस्थापनको जिम्मा सम्हालेको थ्रि ह्रिवलर्सका प्रमुख सुरज आचार्यले जानकारी दिए ।

उनले भने ‘यही चलचित्रका लागि म केही पटक मुम्बई पुगेर फर्किएकी छु । अमिताभ बच्चन दमको रोगी भएकाले पनि उनको परिवारले चिसो ठाउँमा छायांकनका लागि पठाउन मानेन । यसैले, अमिताभ बच्चन बाहेक अन्य टिम नेपाल आउनेछ ।’

चलचित्रका लागि मुख्य कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुप खेर, निना गुप्ता लगायतका कलाकार नेपाल आउनेछन् । उनीहरु, करिब ४० दिन नेपालमा बस्ने सुरजले जानकारी दिए । चलचित्रको छायांकन लाङटाङ, मनाङ, मुस्ताङ, सगरमाथा आधार शिविर लगायतमा हुनेछ ।

चलचित्र निर्देशक सुरजको लागि विशेष रहेको छ साथै यो चलचित्रले मित्रता र परिवारको कथा भन्नेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस