२०७८ कार्तिक ३, बुधवार

उपत्यकामा स्थानीय तह र डीसीसीएमसीबिच समन्वय गरी विद्यालय खोल्न पाउने

भदौ १६, २०७८  | २३५ पटक पढिएको

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका प्रशासन कार्यालयहरु स्थानयि तह र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बिच समन्वय गरेर भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशमा भदौ १७ देखिको निषेधाज्ञामा स्थानीय तहले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था राखिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ । तर विद्यालय सञ्चालन गर्नुपर्ने भए स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गर्नुपर्ने छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका अन्तर्गतका विद्यालयहरुले मंगलबारदेखि भौतिक रुपमा पठनपाठन सञ्चालन गरिसकेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस