काबुल विमानस्थलमा भएको विस्फोटमा ६० जनाको ज्यान गयो


११ भदौ, काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा भएको बम विस्फोटमा परी ६० जनाको ज्यान गएको छ ।

विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको पुष्टि भएको बिबिसीले जनाएको छ।
अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ विमानस्थलभन्दा बाहिर दुई वटा विस्फेट भएका थिए।

यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । उनीहरुले आक्रमणको जोखिम रहेकाले विमानस्थलबाट टाढै बस्न आह्वान गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोटमा संलग्नहरुलाई कारबाही हुने दाबी गरेका छन् । साथै उनले काबुल घटनाका दोषीमाथि बदला लिने समेत चेतावनी दिएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस