२०७८ असोज ११, सोमवार

शरणार्थीका रुपमा आउन सक्ने अफगानीहरु नेपालका लागि सुरक्षा चुनौति बन्न सक्छनः नहकुल केसी, अफगान मामिलाका जानकार (भिडियो सहित)

भदौ ०९, २०७८  | ४७५ पटक पढिएको

अफगानिस्तानमा तालिवानीहरुको कव्जा पछि त्यहांका हजारौं नागरीकहरु देश छाडेर छिमेकि मुलुकहरुसंगै अन्य मुलुकहरुमा पनि धमाधम प्रवेश गर्न थालेका छन् । दैनिक रुपमा अफगानिस्तान विमानस्थलबाट दुइ हजारको हाराहारीमा त्यहांका नागरीकहरु सुरक्षाकालागी अन्य मुलुकहरुमा शरणार्थिका रुपमा प्रवेश गरीरहेका छन् । सिमाना जोडिएका पाकिस्तान, इरान र भारत लगायतका मुलुकहरुमा अफगानी शरणार्थिहरुको प्रवेश भैरहेको अवस्थामा यसै साता नेपालमा पनि हवाइमार्ग हुंदै कुटनितिक पासपोर्ट प्रयोग गरेर तीन जना अफगानी नागरीकहरु त्रिभुवन विमानस्थल ओर्लेका छन् । भारत छिरेका अफगानी नागरीकहरु खुला सिमानाका कारण नेपाल प्रवेश गर्ने सम्भावना पनि उत्तिकै रहेको छ । यदि ठुलो संख्यामा अफगानी नागरीकहरु भारत हुंदै नेपाल पस्न सफल भएभने त्यसले नेपालमा पनि सुरक्षा चुनौति बढाउन सक्ने जानकारहरु बताउंदै आएका छन् । यसै सन्दर्भमा अफगानीस्तानको राजनितिलाइ नजिकैबाट नियालीरहेका तथा कम्तिमा ६ बर्ष अफगानीस्तानमा रहेर शासकीय मामिला सल्लाहाकार को रुपमा काम गरीसकेका विकाश विज्ञ तथा दाङ जिल्लाकै स्थानियबासी नहकुल केसीसंग खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

भर्खरै अफगानीस्तानमा तालिवानीहरुले राज्यसत्ता कव्जामा लिएका छन् । तपाइ विगतमा कम्तिमा ६ बर्ष त्यहा रहेर काम गरेको अनुभवका आधारमा तालिवानीहरुको राजनितिक पृष्ठभुमिका विषयमा केहि बताइदिनुस् न?

उत्तरः मलाइ लाग्छ, कम्तिमा दुइ दशक सम्मको निरन्तर शशस्त्र आन्दोलनपछि तालिवानहरुले अफगानीस्तानको सत्ता कव्जा गर्न सफल भए । अतिवादी धार्मिक कट्टर विद्यार्थि संगठनबाट आफ्नो प्रभुत्व देखाउन सुरु गरेका तालीवान समुह धार्मिक विद्यार्थिहरुको कट्टर कन्जर्भेटिभ मुस्लीम समुहले सन २००१ मै अफगानीस्तानमा एक बर्ष सत्ता कव्जा गरी चलाएको स्मरण गराउन चाहन्छु । त्यसपछि सत्ताबाट वाहिरिएपनि निरन्तर आन्दोलनमा रहेको सो समुह त्यतिवेला चर्चित हुन पुग्यो, जुन वेला अर्थात सन २०११ सेप्टेम्वरमा अमेरीकाको टुवीन टावरमा आक्रमण गर्न सफल पनि भयो । त्यसवेला दक्षिण एटलान्टिक सन्धी संगठन (नाटो) मा संवद्ध सवै मुलुकहरुले तालीवानहरुको विरोध मात्रै गरेनन्, उनीहरुलाइ परास्त गर्नकालागी ठुलो मात्रामा सैन्य सहयोग पनि गरे । त्यसपछि तालिवान समुह विशेष रुपमै चर्चामा आउन सुरु भयो । पटक पटक उनीहरुले आतंकबादी नेता ओसामा विन लादेनलाइ पनि शरण एवं संरक्षण दिएर राखेपनि अन्ततः अमेरिकि आक्रमणमा ओसामा वीन लादेन पाकिस्तानमा मारिए । उनी मारिएपनि तालीवानीहरुको आन्दोलन रोकिएन । निरन्तरको आन्दोलनपछि हालै उनीहरुले क्रमश गाउ, जिल्ला हुंदै केन्द्रिय राज्यसत्ता पनि कव्जा गरे ।

उनीहरुको राजनितिक उदेश्य के हो भने सरीया कानुन अनिवार्य रुपमा कार्यन्वयनमा ल्याउनु थियो । यीनीहरु आफ्नो कट्टर धर्मको आवरण भन्दा वाहिरका नागरीकहरुलाइ स्वीकार्दैनन् । मानव अधिकारका सवालमा अत्यन्तै कठोर पनि देखिन्छन् । आइतवार मात्रैको समाचारमा मैले अफगानीस्तानकी एक जना महिला सांसदले देश छाड्न वाध्य भइन्, कारण उनी हिन्दु शिख धर्म मान्ने नागरीक थिइन । अझै स्पष्ट भन्नुपर्दा उनीहरु स्वतन्त्र प्रेसका सवालमा पनि उदार छैनन् । त्यसै कारण गत आइतवारै अफगानीस्तानमा चर्चित विविसी संवाददाता विलाल सर्वारीले पनि सुरक्षाको कारण देखाउंदै देश छाडिसकेका छन् । यी त ताजा घटना मात्रै हुन् । हेर्दै जाऔं, अझै हजारौं अफगानीहरुले देश छाड्न बाध्य हुने छन् ।

देश छाड्ने क्रम बढिरहंदा कम्तिमा कति जना अफगानीहरुले आफ्नो मुलुक छाड्न बाध्य बन्लान जस्तो लाग्छ, तपाइलाइ ?

उत्तरः अहिल्यै संख्यामा बताउन सहज नहोला । तर मलाइ लाग्छ, अफगानीस्तानबाट हजारौं नागरीकहरुले देख छाड्न बाध्य हुने छन् । धार्मिक आस्थाका आधारमा हिन्दु, बुद्धिष्ट, क्रिश्चियन तथा उदार मुश्लीमहरु जुन धार्मिक रुपले कट्टर छैनन् र मानव अधिकारका सवालमा सुसुचित र उदार छन् उनीहरुले पनि मुलुक छाड्ने क्रम देखिएको छ । एकिन तथ्यांक सुचनाको अभावका कारण अझै पाउन सकिएको छैन । तालिवानीहरुले कव्जा जमाउनुअघि अनलाइन संपर्कमा आउने त्यहांका साथीहरु पनि अहिले अनलाइन सम्पर्कबाट वाहिर हुनुहुन्छ, यो कारण पनि स्वतन्त्र प्रेसका सवालमा तालिवानीहरु उदार छैनन् भन्ने स्पष्ट संकेत गरेको छ । केहि समय अघि सुचना प्रविधिको पहुचमा उदार बनेजस्तो देखिएपनि लोकतन्त्र र मानव अधिकारको संरक्षणका सन्दर्भमा तालीवानीहरु अझै पनि सुध्रिएको जस्तो पाइदैन । त्यस अर्थमा पनि धेरै नागरीकहरु धमाधम देश छाडिरहेको अवस्था छ । यो क्रम कहिले सम्म जारी रहने भन्ने विषय तालिवानीहरुको शासन सत्ताको उदारतामा निर्भर रहन्छ जस्तो लाग्छ मलाइ ।

तालिवानीहरुले अफगानीस्तानको शासनसत्ता कव्जा जमाउनसाथ दैनिक हजारौंको संख्यामा नागरीकहरु सिमा जोडिएका मुलुक लगायत तेस्रो मुलुकहरुमा प्रवेश गरीरहेको अवस्था छ । धेरै अफगानीहरु सिमा नाकाहुंदै भारतमा पनि शरण लिन प्रवेश गरीसकेको अवस्थामा त्यहांबाट नेपाल छिर्ने सम्भावना र त्यसले नेपाललाइ कस्तो सुरक्षा चुनौति थप्न सक्छ जस्तो लाग्छ?

उत्तरः नेपाललाइ यसले भविस्यमा प्रभाव नपार्ला भन्न सकिन्न । अफगानीस्तानबाट आएका शरणार्थिहरुलाइ भारत, पाकिस्तान, इरान लगायतका मुलुकहरुले शरणार्थिका रुपमा आश्रय दिइरहेका छन् । शरणार्थिका रुपमा भारत छिरेका अफगानीहरु खुला सिमाका कारण नेपाल पनि सहजै प्रवेश गर्न सक्छन् । मानविय नाताले केहिलाइ शरण दिनु स्वाभाविक पनि हो । तर यदि धेरै अफगानीहरु नेपाल प्रवेश गरेभने नेपालले उनीहरुलाइ शरणार्थिका रुपमा थाम्न सक्दैन । अनि सुरक्षा चुनौतिहरु पनि प्रसस्तै देखिन सक्ने छन् । किन भने नेपालको त्रिभुवन विमानस्थलबाटै सन २००५ मा उडेको इन्डियन एयरलायन्सको जहाज तालिवानीहरुलेनै अपहरण गरेर अफगानीस्तानको कान्दाहर विमानस्थलमा पुराएको घटना अझै ताजै छ ।

यो सम्वेदनशिल विषय भएकाले सरकारले यसमा विशेष भुमिका निर्वाह गर्न आवस्यक छ । केहि दिन अघि मात्र ३ जना अफगानी नागरीकहरु कुटनितिक पासपोर्ट प्रयोग गरी हवाइ मार्ग हुंदै त्रिभुवन विमानस्थलमा ओर्लेका छन् । उनीहरुका विषयमा सरकारले अनुसन्धान गरीरहेको छ । तर खुला सिमाका कारण भारतबाट पैदल मार्गबाट पनि अफगानीहरु शरणार्थिका रुपमा नेपाल पस्ने संभावनालाइ सरकारले वेलैमा सोच्न आवस्यक छ । यसकालागी सिमा नाकामा विशेष सुरक्षा सतर्कता अपनाएर अनिवार्य रुपमा अभिलेखिकरण र निगरानी पनि बढाउन सकिन्छ । आवस्यक परेको अवस्थामा शसस्त्र प्रहरी तथा नेपाली सेनालाइ पनि सिमा नाकामा परीचालन गरेर यो चुनौति आउन नदिन सचेत बन्नुपर्छ जस्तो मलाइ लाग्छ । यो किन भनिरहेको छु भने भुटानबाट भारत हुंदै नेपाल छिरेका करीव एक लाख भुटानी शरणार्थि व्यवस्थापनमा नेपाललाइ कति सकश भएको थियो भन्ने त हामीले भोगिसकेका छौं नी । यो अवस्थामा सरकार वेलैमा सचेत र क्रियाशिल हुनुपर्छ भन्ने मेरो सुझाव पनि हो । अझ भन्नुपर्दा यो भारत र पाकिस्तानको पनि निकै चांसोको सम्वेदनशिल विषय हो ।

अफगानीस्तानको शासन सत्ताको सुरक्षाकालागी अमेरिकाले यति धेरै मात्रामा पैसा र हतियार सहयोग गरीरहंदा पनि अफगानीहरु आफ्नो सत्ता जोगाउन सफल हुन नसक्नु र आत्मसमर्पणको शैलिमा प्रस्तुत हुनुको पछाडि के कारण हुन सक्छ ?

उत्तरः सवैभन्दा पहिलो कुरा त अफगानीस्तानमा अमेरीकाले पैसा र हतियार प्रसस्त सहयोग गरेपनि त्यहांको नेतृत्वको कुशलतामा विकाश हुन सकेन । स्वाथी नेतृत्वका कारण प्रहरी र सेनाको आत्मवल पनि मज्बुत हुन सकेन । प्रान्त कव्जामै रहेका तालीवानीहरु क्रमश अफगानीस्तानको राजधानी कव्जा गर्दै छन् भन्ने सुइँको पाएर जव त्यहांका राष्ट्रपतिनै भागिदिन्छन् भने सेना र प्रहरीले कसकालागी लड्ने? यो अवस्थामा सेना प्रहरीले जतिसुकै अत्याधुनिक हातहतियार भएपनि तालीवानी लडाकुलाइ परास्त गर्नुको औचित्य देखेनन् । सेना प्रहरीको उच्च मनोवल कायम राख्न सरकारले पनि सकेन अनि आत्मसमर्पणकै अवस्था सायद आयो होला । अमेरीका लगायतका मुलुकहरुले आर्थिक तथा शैन्य सहयोग त गरे, तर अफगानीहरुलाइ राष्ट्रियताका सवालमा वलियो बन्ने गरी सुशिक्षित गर्न भने सकेनन, यसमा भौगालिक र सांस्कृतिक पक्ष मा पर्याप्त ध्यान दिनु पर्ने थियो जुन कुरामा कतै चुकेको देखिन्छ । शुशाशन को कायम र भर्स्टाचार निन्त्रण हुन सकेन भने एस्तो अवस्था हुन गएको देखिन्छ। यहि कारणनै अमेरिकि सेना फर्केको केहि सातामै अफगानीस्तानको राजधानीमै तालिवानहरुले कव्जा जमाए । यसका पछाडि जियो पोलिटिक्सले पनि त्यत्तिकै भुमिका खेलेको देखिन्छ । चिन र तालीवानी नेताबीच अघोषित रुपमा कुनै स्थानमा समझ्दारी भएको केहि दिनमै तालीवानहरुले सदरमुकाम कव्जा जमाउन सफल भए । तर अहिले अमेरिका तथा वेलायतको चिन्ता के छ भने अफगानीस्तान निरन्तर रुपमा अपराधको क्रिडास्थल नबनोस् । यसमा चिन रुशले विशेष चांसो एवं भुमिका निर्वाह गनुर््पर्दछ । यद्धपि यसमा चिन र रुशको फरक फरक स्वार्थ छ ।

मलाइ लाग्छ, यसको कारणर द्वोध नागरिकता पनि हो । अफगानीस्तान्का अधिकांश धनाढ्य र बुद्धिजिविहरुको अन्य मुलुकहरुको पनि डोयल सिटीजन्शिप छ । त्यसकारण पनि अन्तिम समयसम्म अफगानीस्तानलाइ माया गरीरहन चाहंदैनन् । जव आफ्नो मुलुकप्रति अगाध मायानै हुंदैन र अन्य मुलुकमा गएर फेरी त्यहां पनि नागरीककै भुमिकामा वांकि जिवन निर्वाह सहज रुपमा गर्न सकिन्छ भने त्यहां राष्ट्रियता पनि कमजोर हुंदोरहेछ । यसले त सवैभन्दा बढि समस्या अल्पसंख्यक र जनजातीहरुलाइ पारेको छ । महिला र वालवालिकाहरुलाइ पारेको छ । किनकि तालीवानहरु महिलालाइ माथि उकास्न पटक्कै उदार छैनन् । मानव अधिकारका सवालमा पनि गम्भीर छैनन । त्यसैले डोयल सिटिजन शिप दिनुनै घातक हो भन्ने कुरा त्यहांका राष्ट्रपतिको वहिर्गमनलेनै स्पष्ट पारेको छ । डोयल सिटीजन्शिप पाएका नागरीकहरुलाले आफ्नो व्यक्तिगत सुरक्षाकालागी जति वेला असहज अवस्था आयो त्यतिवेलै देश छाडिदिन सक्छन् । जुन राष्ट्रियताका सवालमा अत्यन्तै घातक पक्ष पनि हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस