२०७९ मंसिर १२, सोमवार

स्कुल र कलेज मात्र बन्द नगरौं

भदौ ०९, २०७८  | ३४३ पटक पढिएको

कोरोनाको तेस्रो लहर चल्दै गर्दा पछिल्लो चरणमा धेरै भिड हुने स्थान तथा कार्यालयहरु पनि खुलेका छन् । आमसभा होस् चाहे कुनै सार्वजनिक स्थानमा होस् कोरोनाबाट बच्नका लागि कुनै स्वास्थ्य मापदण्ड अपनाए जस्तो देखिंदैन । पहिलो लहरभन्दा दोस्रो लहरमा कोरोनाले धेरैको ज्यान लिन गयो । यो दोस्रो चरणले धेरैले आफन्त गुमाए । त्यो क्रम रोकिएको पनि छैन ।

पछिल्लो चरणमा कोभिड खोप लगाए पनि अझै बढी सचेत हुन जरुरी छ । खोप नै यसको रोकथाम हुने उपाय बुझ्नु भएन । किनकी अझै पनि हामी स्वास्थ्य मापदण्डका लागि सचेत हुन सकेका छैनौं । यतिबेला बजार होस् चाहे त्यो कुनै मेडिकल, या सार्वजनिक सवारी साधन होस् सबै तिर स्वास्थ्य सुरक्षा पर्याप्त देखिंदैन । जसले गर्दा फेरि पनि कोरोना संक्रमण बढ्ने खतरा देखिन्छ । यसतर्फ सबै सजग रहनुपर्ने देखिन्छ । यता बजार पनि अत्याधिक भिड देखिन्छ । केही सरकारी कार्यालयमा त झन् भिडको कुरै छाडौं । मालपोत, आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय, बैंक कार्यालयहरु विद्युत कार्यालयहरुमा मानौं जनजिवन सहज छ जस्तो देखिन्छ । अनि पार्टीका हरेक कार्यक्रमहरुमा पनि उत्तिकै भिड नै छ ।

तर सरकारले पर्याप्त मात्रामा खोप अझै पुर्याउन सकेको छैन । जबसम्म सबै नेपालीले खोप लगाउन पाउँदैनन् यहाँ यस्तै डर र त्रासमा बाँच्नु पर्ने हुन्छ । अब कोरोना संक्रमण माथि उल्लेखित स्थान, मालपोत, यातायात कार्यालय, बैंकहरु, आन्तरिक कार्यालय, विद्युत कार्यालयमा मात्रै नआउने अनि स्कुल, कलेजमा मात्रै आउने हो भने खासमा राज्यले गर्न लागेको चाहिँ के हो अलि बुझ्न सकिन्न । कोरोना संक्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्डमा कडाई हुनु जरुरी छ । अनि स्वयम् हामी पनि सचेत हुन आवश्यक पनि छ । यहाँ रोग अरुका लागि हो जस्तो भान पनि कतिपयको देखिन्छ । यसबाट हामी मुक्त हुन पनि जरुरी छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस