२०७८ असोज ११, सोमवार

राप्तीको ९ वटै वडामा सामुदायिक स्वास्थ्य ईकाइ सुरु

भदौ ०३, २०७८  | १३५ पटक पढिएको

तिर्थराज ज्ञवाली, ०३ भदौ , सिसहनिया(देउखुरी) । राप्ती गाउँपालिकाका ९ वटै वडामा स्वास्थ्य ईकाइ सुरु भएका छन् । बुधबार ३ वटा वडामा सामुदायिक स्वास्थ्य भवनको उद्घाटनसंगै दक्ष स्वास्थकर्मी सहित सेवा सुरु गरिएको हो ।

राप्ती गाउँपालिकाले सबै वडामा स्वास्थ्य ईकाइ स्थापना गर्ने लक्ष्य सहित काम सुरु गरेको ३ वर्ष भित्रै ९ वटै वडामा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरि स्वास्थ्य सेवा सुरु गरेको छ ।

वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री, वडा नं ७ का वडा अध्यक्ष विद्याशरण चौधरी र वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर राना मगरको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको विशिष्ट आथित्यतामा तिन वटै स्वास्थ्य भवनको उद्घाटन गरिएको हो ।

नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यका साथ स्वास्थ्य ईकाइ भवनबाट सेवा सुरु गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस