२०७९ जेठ २, सोमवार

वन क्षेत्र अतिक्रमण गरेको आरोपमा २२ जना बिरुद्ध मुद्धा दर्ता, दुई जना पक्राउ

भदौ ०२, २०७८  | ६५२ पटक पढिएको

०२ भदौ, दाङ । वन क्षेत्र अतिक्रमण गरेको आरोपमा डिभिजन वन कार्यालय दाङले २२ जना बिरुद्ध मुद्धा चलाएको छ । लकडाउनको मौका छोपि बबई गाउँपालिकाका वडा नं ५ बबरपुर स्थित कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती र घर समेत बनाएको आरोपमा २२ जना बिरुद्ध मुद्धा चलाई कारवाही अघी बढाएको पुरन्धारा सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए ।

अनुसन्धान अधिकृत समेत रहेका सहायक वन अधिकृत बरालकाअनुसार वन अतिक्रमण मुद्धा चलाइएका मध्ये २ जनालाई पक्राउ गरिएको छ । अन्य २० जना फरार रहेको र उनीहरको खोजी भइरहेको छ । उनीहरु बिरुद्ध दाङ—देउखुरी जिल्ला अदालतमा वन अतिक्रमण गरेको मुद्धा दर्ता गरी अदालतबाट पक्राउ गर्ने अनुमतिअनुसार खोजी कार्य भइरहेको सहायक वन अधिकृत बरालले जानकारी दिए । ‘लकडाउनको मौका छोपि उनीहरुले वन अतिक्रमण गरेका थिए ।’—बरालले भने ‘पश्चिम दाङमा वन क्षेत्र अतिक्रमण गरी कब्जा गर्ने र पछि अरुलाई बेचबिखन गर्ने काम पनि भइरहेको छ ।’

वन अतिक्रमण हटाउनका लागि आफूहरुले पटकपटक छलफल गर्ने, उनीहरुलाई हटाउन अनुरोध गर्ने लगायतका काम गरे पनि उनीहरुले अटेडी गरी अतिक्रमण बढाउदै लैजाने र अतिक्रमित क्षेत्रमा घर टहरा समेत बनाउन थालेपछि आफूहरुले मुद्धा नै चलाएर कारवाहीको प्रक्रियामा अघी बढेको बरालले बताए ।

वन अतिक्रमण मुद्धामा सामुदायिक वन समूहका पदाधिकारी र सल्लाहकार समेत संलग्न रहेका छन । सामुदायिक वन समूहका पदाधिकारीले नै वन क्षेत्र अतिक्रमण गरी घर बनाएको बरालले बताए ।

त्यस क्षेत्रमा अतिक्रमण भएको मध्ये करिव ६ बिगाह क्षेत्र खाली गरिएको छ । पुनः अतिक्रमण हुन नदिनका लागि ११ सय मिटर तोस (वन क्षेत्र छुट्टाउने लामो खाडल) खनिएको छ । ‘वन र आवाधी क्षेत्र छुटउनका लागि तोस खन्ने काम गरिरहेका छौ ।’—अनुसन्धान अधिकृत बरालले भने ।

वन ऐन— २०७६ अनुसार वन क्षेत्र अतिक्रमण गर्नेलाई ५ बर्ष कैद वा एक लाख रुपैया जरिवाना वा दुवै सहजाय हुने ब्यवस्था छ । वन क्षेत्रको अतिक्रमणमा संलग्न रहेको पुष्टि भएमा त्यस्ता ब्यक्तिहरु सामुदायिक वन समितिमा बस्न नपाउने ब्यवस्था पनि वन ऐनमा छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस