२०७८ असोज ११, सोमवार

अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

साउन ३२, २०७८  | २१९ पटक पढिएको

३२ साउन, काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अमेरिकी समाचारपत्र वाल स्ट्रिटले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ ।

यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने समाचारमा उल्लेख छैन । यसअघि विमानस्थलमा भीड बढेसँगै नियन्त्रणका लागि अमेरिकी सेनाले पनि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ ।

त्यस्तै विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ भने सैन्य उडान मात्र सञ्चालन गरिएको छ ।

एजेन्सी

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस