गीतकार अभि क्षेत्रीको ‘नसोध भो’ सार्वजनिक (भिडियोसहित)


कपिल लामिछाने, ३१ साउन, दाङ ।

‘नसोध भो कस्तो बित्छ दिन, कस्तो बित्छ रात
सम्झनामा तिमी हुन्छौ सिरानीमा पराईको हात’
लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा कलम चलाउँदै आएका दाङका गीतकार अभि क्षेत्री समर्पणले रचना गरेको आधुनिक गीत ‘नसोध भो’ सार्वजनिक भएको छ ।

मोडल शिल्पा पोख्रेल र कर्ण वली ‘शिशिर’ अभिनित गीतको भिडियो एभेरेष्ट ग्यालरीको अफिसियल्ली यूटुभ च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा दाङका सन्तोष श्रेष्ठले संगीत दिएका छन् भने प्रबिण बेडवाल र रचना रिमालले स्वर दिएका छन् ।
गीतले माया कहिले नओईलाउने र जहाँ जोसँग आफ्नो प्रेमी वा प्रेमीका भए पनि उसको खुसीका लागी सधै प्रार्थना गरिरहने एउटा प्रेमी प्रेमीकाको कथालाई भिडियो मार्फत प्रस्तुत गरेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस