२०७९ जेठ २, सोमवार

बितेको २४ घन्टामा विश्वभर ६ लाख ८३ हजार कोरोना संक्रमित थपिए

साउन २९, २०७८  | १८२ पटक पढिएको

२९ साउन, काठमाडौं । बितेको २४ घण्टामा विश्वभर ६ लाख ८३ हजारभन्दा बढीमा कोरोना संक्रमण थपिएका छन् । अमेरिकामा मात्रै १ लाख १९ हजार संक्रमति थपिएका छन् ।

यस्तै‚ भारतमा ४० हजार, इरानमा ३९ हजार, ब्राजिलमा ३५ हजार ९००, वेलायतमा ३३ हजार, फ्रान्समा २८ हजार ५००, टर्कीमा २२ हजार २००, रसियामा २१ हजार ९०० र मलेसियामा २१ हजार ७०० जनामा संक्रमण देखिएको छ ।

यो अवधिमा ५ लाख ५४ जना संक्रमित निको भएका छन्। गत २४ घण्टामा कोरोनाकै कारण १० हजार २३९ जनाले मृत्यु भएका छन्। तीमध्ये सबैभन्दा धेरै इण्डोनेसियामा १४ सय ६६ जनाको मृत्यु भएको छ। ब्राजिलमा ९७५, रसियामा ८०८, अमेरिकामा ६६०, भारतमा ५८३, इरानमा ५६८, मलेसियामा ३१८, अर्जेन्टिनामा १८१, टर्कीमा १३८, वेलायतमा ९४ र फ्रान्समा ७७ जनाको मृत्यु भएको छ।

एजेन्सी

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस