२०७९ जेठ २, सोमवार

अनलाइन कक्षा : बालबालिकाहरुको आँखा कमजोर हुँदै

साउन २४, २०७८  | ३२२ पटक पढिएको

२४ साउन, काठमाडौं ।

कोरोना महामारीको कारण निरन्तर अनलाइन कक्षामा बस्दा बालबालिकाहरुको आँखा कमजोर हुँदै गएको एक अध्ययनले देखाएको छ ।

बेलायतबाट प्रकाशित हुने एक जर्नलले हालै प्रकाशन गरेको शोधकाअनुसार अनलाइन कक्षाको लागि बालबालिका विद्युतीय उपकरणहरुमा घण्टौं बस्नुपर्ने भएकाले उनीहरुको आँखामा असर पर्नुका साथै उनीहरुको दृष्टीशक्ति पनि कमजोर हुँदै गएको छ ।

हङकङमा ६ बर्षदेखि १२ बर्ष उमेर समुहका बालबालिकामा गरिएको अध्ययनमा १९ प्रतिशत बालबालिकाको हेर्ने शक्तिमा ह्रास आएको देखिएको हो ।

साथै बैज्ञानिकहरुले आगामी तीन दशकमा यो संख्या सात गुणाले बढ्ने अनुमान गरेका छन् । कोरोनाका कारण दिनभर घर बस्न बाध्य बालबालिका पछिल्लो समय टीभी र स्मार्ट फोनमा ब्यस्त हुन थालेकाले नजिकको भन्दा टाढाको देख्ने शक्ति कमजोर भएको प्रतिबेदनमा उल्लेख छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस