२०७९ जेठ २, सोमवार

अमेरिकाको अलास्कामा हवाईजहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु

साउन २२, २०७८  | ३७० पटक पढिएको

२२ साउन, काठमाडौं ।

अमेरिकाको अलास्कामा हवाईजहाज दुर्घटना हुँदा एक पाइलटसहित ६ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण हवाईजहाज दुर्घटना भएको आशंका गरिएको छ ।

समुन्द्री तटरक्षक सेनाले दुर्घटनाको समयमा घटनास्थलमा कुहिरो छाएको र हल्का वर्षा भइरहेको बताएको छ । त्यस बखत हावाको गति तीव्र थियो र भिजिविलिटी केवल २ मिल मात्र थियो ।

हवाईजहाज बेपत्ता भएपछि अलास्का राज्य सेना र तटरक्षक सेना मिलेर अप्रेसन सुरु गरेका थिए ।

दुर्घटनामा परी मर्नेहरूको पहिचान अझैसम्म हुन सकेको छैन । संघीय विमान प्रशासन र राष्ट्रिय परिवहन सुरक्षा बोर्डले यस घटनाको अनुसन्धान गर्नेछन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस