२०७९ जेठ २, सोमवार

किन हुन्छ कब्जियत ? कसरी छुटकारा पाउने ?

साउन २२, २०७८  | ३१० पटक पढिएको

२२ साउन, काठमाडौं । खाना खाइसकेपछि मलत्याग पनि सही रुपमा हुनुपर्छ । नियमित दिसा–पिसाब हुनु पनि स्वास्थ्य जीवनको सूचक हो । तर, कतिपयलाई मलत्यागमा समस्या हुने गर्छ । नियमित रुपमा खाना खाइरहेको भएता पनि दिसामा कठिनाई हुन्छ । उनीलाई लामो समयसम्म शौचालय बस्नुपर्ने हुन्छ । यद्यपि पेट सफा हुँदैन ।

जब राम्ररी दिसा हुँदैन, तब यसले अनेक रोग पैदा गर्ने भय रहन्छ । खासगरी पेट एवं पाचन सम्बन्धी रोग, मलद्वार सम्बन्धी रोग निम्त्याउँछ । मलत्याग नहुँदा शरीरमा क्रमस विकार जम्मा हुँदै जान्छ र त्यसले शरीरका अन्य अंगहरुमा पनि असर गर्छ ।

त्यसैले शरीरका लागि पोषणयुक्त खानेकुरा खान जति जरुरी छ, उत्तिनै मलत्याग पनि । तर, अहिले धेरैजना कब्जियतको समस्याले ग्रस्त छन् । किन यस्तो हुन्छ ?

चिकित्सकहरुकाअनुसार निस्क्रिय जीवनशैली, तारेको–भुटेको वा प्रशोधित खानेकुराको सेवन, अनियमित शौच–क्रिया आदि यसका कारण हुन् । स्पष्ट छ, कब्जियतबाट बच्न सही खानपान जरुरी हुन्छ । यसैगरी ऐशआरमको जीवन होइन, सक्रिय जीवन जरुरी हुन्छ । पर्याप्त झोल पदार्थ एवं पानी जरुरी हुन्छ । सधै एकै समय अर्थात नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नुपर्छ ।

किन हुन्छ कब्जियत ?

– खाने तालिका नियमित नहुनु ।
– बासी खानेकुरा सेवन ।
– शारीरिक रुपमा निश्क्रिय हुनु वा लामो समयसम्म विश्राम लिने बानी ।
– मानसिक तनाव
– अति चिल्लोचाप्लो एवं अपाच्य भोजन ।
– पेटको कमजोरी
– पानी कम पिउनु ।

प्रशोधित खानेकुरा त्याग्ने

हामी घरको ताजा र सुपाच्य खानेकुरा भन्दा बजारमा पाइने खानेकुरामा लोभिएका छौं । फास्टफुड वा प्याकेटबन्द खानेकुरा खान्छौं । मैदाजन्य, तारेको–भुटेको, मसलेदार खानेकुरा खान्छौं । यस्तो खानेकुराले पाचन यन्त्रमा समस्या ल्याउँछ । यस किसिमको खानपानलाई त्याग्नु पनि कब्जियतको जोखिमबाट बच्नु हो ।

पर्याप्त पानी

पाचन प्रणालीको लागि पानी आवश्यक छ । पर्याप्त मात्रामा पानीको सेवनले पेटमा जम्मा भएको खानालाई शक्तिमा परिणत सघाउ पु¥याउँछ । साथै यसले आन्द्रालाई नरम तथा लचिलो बनाउँछ ।

शरीरमा पानीको कमी भएमा कब्जियतको समस्या निम्तिने गर्छ । सामान्यतया हाम्रो खाना पेट हुदै ठूलो आन्द्रामा पुग्ने गर्छ । तर शरीरमा पर्याप्त मात्रामा पानी नभएको अवस्थामा ठूलो आन्द्राले पटमा जमेको खानामा भएको सम्पुर्ण पानी सोस्ने गर्छ, जसका कारण दिसा कडा हुने गर्छ ।

सक्रिय जीवन एवं व्यायाम

शारीरिक निस्क्रियताले कब्जियतको समस्या पैदा गर्छ । खानमा मीठो मसिनो खोज्ने तर शारीरिक काम वा व्यायाम नगर्ने बानीले कब्जियत जस्तो समस्या निम्त्याउँछ । त्यसैले कब्जियतबाट बच्न शारीरिक रुपमा सक्रिय हुन जरुरी छ । कतिपय व्यायाम एवं योग आसन यस्ता हुन्छ, जसले पाचन क्रियामा राम्रो प्रभाव पार्छ ।

जंक फुडबाट टाढा

हामीमध्ये धेरैलाई फ्राइड फुड अति मन पर्छ । तर, यसले कब्जियतको समस्या पैदा गर्छ । आफूलाई कब्जियतभन्दा पर राख्न चाहने व्यक्तिहरुले जंक फुडबाट जोगिनुपर्छ । किनकी यिनीहरुमा फ्याट र सुगरको मात्रा अत्यधिक धेरै हुन्छ ।

आर्युबेदिक उपचार विधि

– आठ वटा जति किसमिस तातो दुधमा उमालेर नियमित सेवन गर्नुपर्छ ।
– स्याउ र अंगुरको सेवनबाट पनि कब्जियतको समस्याबाट मुक्त हुन सकिन्छ ।
– अमलाको चूर्णले कब्जियतको समस्याबाट मुक्ती दिन्छ ।
– गोलभेडा सेवन गर्दा कब्जियत ठीक हुन्छ ।
– तामाको भाँडामा राखिएको पानीमा थोरै नुन हाल्ने र विहान खाली पेटमा पिउने गर्नुपर्छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस