२०७९ जेठ २, सोमवार

अध्यापनसँगै बायोफ्लक प्रविधिबाट माछापालन गर्दै घर्ती

साउन २२, २०७८  | ७५२ पटक पढिएको

२२ साउन, बिजौरी । नेपालमा कोभिडका कारण २०७६ चैत ११ गते यता मुस्किलले ७ महिनामा मात्रै शैक्षिक संस्थाहरु खुले । यो कोभिडका कारण धेरै युवाहरुले रोजगार समेत गुमाए ।

कोभिडमा शैक्षिक संस्थाहरु बन्द भएपछि विद्यालयमा पढाउन जाने शिक्षक समेत कामविहीन भए । कतिले रमाइलोमा दिन बिताए त कतिले घर परिवारसँगै बिताए । तर दीपेन्द्र माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक रामकुमार घर्तीमगरले भने गाउँ समाजमै माछापालनका लागि नयाँ प्रविधि भित्र्याएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मानपुरका रामकुमारले आफ्नै घर नजिकै बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय शुरु गरेका छन् । बाख्रा, कुखुरा, बंगुर, गाई, भैसीपालन व्यवसाय त सबैले गर्नुभएको छ तर माछापालनमा पनि यो प्रविधि नयाँ लाग्यो अनि शुरु गरे रामकुमार घर्तीले भने ।

उनले जस्तै निर्माण गरेका पानी पोखरी निर्माण गर्नका लागि डेढ बिगाहा जग्गा आवश्यक पर्छ तर यो प्रविधिबाट निर्माण गर्नका लागि डेढ कठ्ठा जग्गा मात्रै आवश्यक परेको छ । हालसम्म १७ लाख खर्च गरेका घर्तीले ६ वटा नयाँ प्रविधिका पोखरीमा कमन कार्फपङ्गा जातका आठ हजार माछाका भुरा राखेका छन् ।

यो प्रविधि सामान्य पोखरीमाभन्दा जोखिम भए पनि माछाका भुरा भने त्यति नमर्ने गरेको रामकुमार घर्तीले बताए । घर्तीले भने– माछाका भुरा, भ्यागुता, सर्पले खाने समस्या त हुँदैन तर तापक्रम र त्यहाँ विशेष प्रविधिबाट अक्सिजन पु¥याउनका लागि २४ सै घण्टा विद्युत आपुर्ति गर्नुपर्छ । त्यसैगरी त्यहाँ तापक्रम समेत २२ देखि ३५ डिग्री सेल्सियससम्म हुनुपर्दछ ।

यो प्रविधि एक पटक जडान गरे सात वर्षसम्म रहने र माछा जमिनमा खनिएको पोखरीका भन्दा निकै स्वस्थ हुने घर्ती बताउँछन् । नेपालमा यो प्रविधि चितवनका युवाहरुले पहिलो पटक शुरु गरेका थिए । यस क्षेत्रमा घोराही उपमहानगरपालिका वडा नम्बर १६का एक युवाले परिक्षणका रुपमा शुरु गरेको र आफूले भने व्यवसायीकरुपमै शुरु गरेको घर्तीले बताए ।

दुई वर्षभित्र आफूले लगाएको लगानी उठाइसक्ने र बाँकी पाँच वर्ष माछापालनबाट आम्दानी लिने घर्तीले बताए । थोरै जग्गामा धेरै माछापालन गर्न सकिने र पानी समेत एक पटक राख्दा ६ महिनासम्म ढुक्क हुने भएकाले समेत आफू यो प्रविधिबाट माछापालन गर्न आकर्षित भएको घर्तीले बताए

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस