२०७९ जेठ २, सोमवार

बंगलादेशमा डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु

साउन २१, २०७८  | ३३६ पटक पढिएको

२१ साउन, काठमाडौं ।

बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ । बेहुलासहित १२ जना घाइते भएका छन् ।

बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको हो ।

मुख्य प्रशासनिक अधिकारी साकिब अल रब्बीले घटनाको पुष्टि गर्दै १६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

अचानक मेघगर्जन पानी पर्न थालेपछि डुंगाबाट एक(एक जना गर्दै ओर्लिएर आश्रय लिन लाग्दा उनीहरुमाथि चट्याङ लागेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस