२०७९ जेठ २, सोमवार

सानिमा लाईफ इन्स्यारेन्सको ६० लाख कित्ताको आईपीओ खुल्यो

साउन २०, २०७८  | ३४० पटक पढिएको

२० साउन, काठमाडौं ।

सानिमा लाइफ इन्स्यारेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले आज बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबर प्रति सेयर एक सयका दरले आईपीओ निष्काशन गर्न लागेको हो ।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता अथार्त कुल निष्कासनको ५ प्रतिशत सेयर कर्मचारीलाई, ५ प्रतिशत नै सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।

सानिमाको लाइफको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । २० गतेदेखि खुला हुने आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस