२०७९ जेठ २, सोमवार

पतञ्जली योग समिति दाङले जडिबुटिका बिरुवा रोपेर जडिबुटि दिवस मनायो

साउन २०, २०७८  | ३१० पटक पढिएको

२० साउन, दाङ ।

पतञ्जली योग समिति दाङले आफ्ना सदस्यहरुका घरमा जडिबुटीका बिरुवा रोपेर आज बुधबार विश्व जडिबुटि दिवस मनाएको छ । जडिबुटि दिवस तथा आर्युवेद शिरोमणि आचार्य बालकृष्णको जन्मोत्सवको अवसरमा जिल्लाभर रहेका आफ्ना सदस्यहरुले घरमा कम्तिमा पनि तीन वटा विरुवा रोपेर दिवस मनाइएको पतञ्जली योग समितिका जिल्ला प्रभारी उदयबहादुर डाँगीले दिए ।

सो दिवसकै अवसरमा बिहान भर्चुअल माध्यमबाट नेपालमा पाइने जडिबुटी र त्यसको महत्वका बारेमा छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बनस्पति बिज्ञ डिल्लिबहादुर क्षेत्रीले नेपालमा ७ सय प्रजातिका जडिबुटि पाइने बताए । विश्वमै अनौठो विशिष्ट खालको हावापानी भएको नेपालमा ७ सय प्रजातिका जडिबुटि नेपालमा पाइने र ती मध्ये १ सय ५० प्रजातिका जडिबुटिको बिक्रिवितरण भइरहेको बताए ।

जडिबुटिको महत्व बुझ्न नसक्दा नेपालमा पाइने धेरै जडिबुटि स्याउला र सोत्तरकारुपमा प्रयोग हुने गरेको उनले बताए । वनस्पति विज्ञकारुपमा सरकारको उपसचिव भएर ३५ बर्ष काम गरेका क्षेत्रीले साविकको राप्ती र कर्णाली अञ्चल विश्वमै पाइने दुर्लश जडिबुटिको उर्वरथलो भएको बताए ।

पतञ्जली योग समिति दाङका प्रभारी उदय बहादुर डाँगीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बनस्पति बिज्ञ डिल्लिबहादुर क्षेत्री र पतञ्जली योग समिति लुम्बिनी प्रदेशका महासचिव घनश्याम अधिकारीले नेपालमा पाइने जडिबुटिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सहभागीहरुले जडिबुटिका बिरुवा प्रर्दशन गर्नुका साथै त्यसका प्रयोगको अवस्थाका बारेमा सुझाव राखेका थिए ।

योग शिक्षक अञ्जु रेग्मीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमा युवा प्रभारी केदनारायण आचार्य, योग समितिका सदस्य बिष्णुप्रसाद खुलाल, महिला प्रभारी लक्ष्मी आचार्य, बालप्रभारी सुदीप अर्याल लगायतकाले बोलेका थिए । कार्यक्रमको सहजीकरण पतञ्जली योग समिति तुलसीपुर उपमहानगरपालिका १९ की संयोजक शिला भट्टराइले गरेकी थिइन् ।

दाङका १ सय ९३ वटा साधना केन्द्र मार्फत बिहान नित्य योग शिक्षा दिंदै आएको पतञ्जली योग समिति दाङले कोरोना भाइरसको सक्रमण बढेपछि बिगत एक बर्षदेखि अनलाइन मार्फत योग शिक्षा प्रदान गर्दै आइरहेको अनलाइन योग शिक्षा सञ्चालन कार्यक्रमका संयोजक केतनारायण आाचार्यले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस