२०७९ माघ १३, शुक्रबार

थाइराइड

बैशाख १८, २०७६  | १४६२ पटक पढिएको

थाइराइड भन्ने वित्तिकै मुख बार्ने रोग हो भन्ने आम धारणा छ । त्यसकारण थाइराइडका रोगीहरूमा बन्दा, काउली जस्ता विभिन्न खानेकुरा बार्ने गलत धारणा विद्यमान छ । थाइराइड आपैंmमा रोग नभई एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगााडीको भागमा हुन्छ । थाइराइड ग्रन्थीले थाइरोक्सिन टी ३ र ट्राइआयोडो टी ४ हाम्रोन उत्पादन गर्छ । त्यही उत्पादित हाम्रोनले नै हाम्रो शरीरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्ने काम गर्छ । यसको दुई अवस्थालाई हाइपर र हाइपो थाइरोडिज्म भनिन्छ । थाइराइड ग्रन्थीले शरीरमा अत्यधिक हाम्रोन उत्पादन गर्ने प्रक्रियालाई हाइपर थाइरोडिज्म भनिन्छ भने शरीरमा चाहिने भन्दा कम हाम्रोन उत्पादन गर्ने अवस्थालाई हाइपो थाइरोडिज्म भनिन्छ ।

थाइराइडको मुख्य काम शरीरको मेटाबोलिजम नियन्त्रण गर्ने हो । जब थाइराइड ग्रन्थिको प्रणालीमा अवरोध उत्पन्न हुन्छ, त्यस बेला शरीरमा विभिन्न समस्या देखिन थाल्छ । यसरी शरीरमा हाम्रोन घटबढ हुँदा देखिने असर नै थाइराइड हो । थाइराइड ग्रन्थीको समस्या पुरूषमा भन्दा महिलामा तुलनात्मक रूपमा बढी देखिन्छ । तथ्यांक अनुसार एक हजार जना महिला मध्ये चार जना महिलामा यो समस्या देखिने हुन्छ ।
थाइराइड ग्रन्थीले शरीरको हरेक क्रियाकलापको नियन्त्रण गर्ने हुँदा यसलाई शरीरको एक्सिलेटर समेत भनिन्छ । यो शरीरको आफ्नै कराणले हुने रोग हो । यस बाहेक पनि यो रोग लाग्नुका अरू केही कारणहरू पनि हुन्छन् । थाइराइड सर्जरी गरेको अवस्था, रेडियसन थेरापी गरीएको अवस्था र वंशाणुगत कारणले पनि थाइराइडको समस्या देखा पर्छ ।

थाइराइडका लक्षण
* खाना कम रूच्ने, शरीर मोटाउँदै जाने ।
* बच्चाको शरीर मोटाउँदै गएपनि उचाइ र दिमागको भने उमेर अनुसार विकास नहुनु ।
* गर्भ तुहिने, गर्भ नबस्ने जस्ता लक्षण देखापर्नु ।
* कपाल झर्ने, शरीर आलस्य हुने ।
* महिनावारी अनियमित हुने ।
* छाला तथा अनुहार फुस्रो देखिने ।

थाइराइडबाट बच्ने तरिका
* चिनी लगायत गुलियो पदार्थको सेवन कम गर्ने ।
* धुम्रपान–मद्यपान नगर्ने ।
* सन्तुलित भोजन सेवन गर्ने ।
* आयोडिनयुक्त नुनको सेवन गर्ने ।
* थाइराइड हाम्रोनको परीक्षण गराउने ।

समयमै रोगको पहिचान भइ उपचार गरे यस रोगबाट बच्न सकिन्छ । लामो समयसम्म निदान नभएर एक्कासी बेहोस वा विषाक्त प्रभाव परेमा यसबाट बिरामीको मृत्युको सम्भावना पचास प्रतिशत रहन्छ । समयमा उपचार नगरेमा हाइपर थाइराइडिज्मले मुटु र मस्तिष्कमा समेत असर गर्छ ।
– वी.ए.एम.एस. (आ.सं.स., ने.सं.वि.) ईन्टर्न चिकित्सक
प्रादेशिक आयुर्वेद अस्पताल, बेलझुण्डी, दाङ

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस