२०७९ जेठ २, सोमवार

बेलझुण्डीमा छाडा चौपाया संरक्षण गरिने

साउन १३, २०७८  | ८४९ पटक पढिएको

१३ साउन, बिजौरी ।

दाङको बेलझुण्डीमा छाडा पशु चौपायालाई संरक्षण गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा स्थित नेपाल संस्कृत विश्वविद्यालयको जग्गा भाडामा लिई पशु चौपायाको संरक्षण श्री योगी आदित्यनाथ फाउन्डेशनले गर्न लागेको हो ।

उक्त विश्वविद्यालयको ४५ बिगाह जग्गा भाडामा लिई गौ संरक्षण गर्न लागिएको फाउन्डेशनका अध्यक्ष अनिल विष्टले जानकारी दिए । नेपालको राष्ट्रिय जनावर गाईलाई संरक्षण गर्नुपर्ने भन्दै दाङ जिल्लाभरी छाडारुपमा रहेका चौपायाहरुलाई संरक्षण गर्न लागेको विष्टले बताए ।

चौपायहरु बजार क्षेत्रमा यत्रतत्र छरिएर सडक दुर्घटना हुने, गाउँघरमा किसानले उत्पादन गरेका बालिनाली खाइदिने भएकाले यस्ता छाडा चौपायालाई संरक्षण गर्न तथा विशेषतः राष्ट्रिय जनावर गाईलाई संरक्षण गर्न फाउन्डेशन स्थापना गरिएको विष्टले बताए ।

गौ संरक्षणका लागि वार्षिक दश लाख साठी रुपियाँ विश्वविद्यालयलाई जग्गा उपभोग गरेबापत् संस्थाले रकम तिर्नेछ । संस्थाका अध्यक्ष अनिल विष्टका अनुसार एक हप्ताभित्रैबाट गौ पालन शुरु गरिनेछ । गौपालन केन्द्रमा रैथाने लोकल जातका गाई मात्रै राखिने अध्यक्ष विष्टले बताए । गाईको गोबर, गहुँत प्रशोधन गरि बिक्री गरिने अध्यक्ष विष्टले बताए ।

जिल्लाभर गाई जथाभावी छोड्ने, लखेटने गर्न थालेपछि गौ रक्षाका लागि आफूहरु लागेको अध्यक्ष विष्टले बताए । शुरुमा बेलझुण्डी क्षेत्रका गाईहरु राखिने र बिस्तारै जिल्लाका अन्य स्थानीय सरकारसँग समन्वय गरेर गाई राखिने अध्यक्ष विष्टले बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस