२०७९ जेठ २, सोमवार

विरुवा रोप्ने किसानलाई प्रोत्साहन रकम वितरण

साउन १३, २०७८  | ३६५ पटक पढिएको

१३, साउन घोराही ।

दाङको पहाडी भेगमा जडीबुटीका विरुवा रोपेका किसानहरुलाई मंगलबारदेखि प्रोत्साहन वापतको रकम वितरण सुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा दाङका घोराही र बंगलाचुलीका करिव छ सय बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न सुरु गरिएको हो ।

सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि बिस्तार कार्यक्रम अन्तर्गत बंगलाचुली र घोराहीका गरी ७ वटा वडाहरुमा ७० हजार बढी विरुवाहरु रोपिएको छ । घोराही उप–महानगरपालिकाको १८ र १९ तथा बंगलाचुली गाउँपालिकाका १ देखि ५ वटा वडामा टिमुर, मालागेडी र दालचिनिका विरुवाहरु रोपिएको छ ।

सर्वोत्तम बहुउद्धेश्यीय सहकारी संस्था लि. मार्फत किसानहरुलाई गाउँमै निशूल्क विरुवा उपलव्ध गराइएको र उनीहरुलाई प्रति विरुवा ३ रुपैयाँको दरले यो वर्ष प्रोत्साहन वापत दुई लाख दश हजार रुपैयाँ किसानलाई दिइने संस्थाका अध्यक्ष ध्रुबराज पौडेलले जानकारी दिए ।

प्रोत्साहन रकम वितरण कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.१९ का च्यानगैरा, राम्चे, तिर्साङ, लाकुरीडाँडा, पटिन्जा र बंगलाचुली गाउँपालिकाको वडा नं.२ का मर्पेस र खाडा गाउँमै पुगेर प्रोत्साहन वापतको रकम वितरण गरिएको कार्यक्रमका सुपरभाइजर बालचन्द्र शर्माले जानकारी दिए ।

विरुवा लगाउने किसानहरुलाई सबै वडाका गाउँमै पुगेर श्रावण १५ गतेसम्म प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम रहेको सुपरभाइजर शर्माले जानकारी दिए । रकम बुझ्ने किसानहरुले गाउँसम्मै निशूल्क रुपमा विरुवा उपलव्ध भएर प्रोत्साहन वापतको रकम पाएको जीवनमै पहिलो पटक भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

जडीबुटी मार्फत स्थानीय किसानहरुको आयआर्जनमा सहयोग गर्ने उद्धेश्यले डिभिजन वन कार्यालय दाङले निशूल्क विरुवा, प्रोत्साहन वापतको रकम र फिल्डमा प्राविधिक सहयोग समेत गरेको थियो ।

यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आगामी वर्षमा समेत निरन्तरता दिई सम्भावित क्षेत्रमा उद्योग स्थापना गर्ने सम्मको आफूहरुको योजना रहेको डिभिजन वन कार्यालय दाङका प्रमुख विजयराज सुवेदीले जानकारी दिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस