२०७९ जेठ २, सोमवार

टोकियो ओलम्पिकमा सुटिङ कल्पनाको प्रशिक्षण सुरु

साउन ०८, २०७८  | ४१५ पटक पढिएको

८ साउन, काठमाडौं ।

जापानमा आजदेखि सुरु हुने टोकियो ओलम्पिक २०२० मा सहभागीता जनाउन जापान पुगेकी नेपाली सुटिङकी कल्पना परियारले प्रशिक्षण सुरु गरेकी छिन् ।

टोकियो पुगेर तीन दिनको क्वारेन्टिन समय पूरा गरेपछि कल्पनाले प्रशिक्षण सुरु गरेकी हुन् । आयोजकले जापान पुगेका खेलाडीलाई तीन दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको छ ।

वाइल्ड कार्डबाट टोकियो ओलम्पिकमा छनोट भएकी कल्पनाले भोली महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्दैछन् ।

जुडोका सोनिया भट्टले पनि शनिबार नै महिला ४८ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

दुई साता अघि नै जापान पुगेका पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले तोकुशिमामा विशेष प्रशिक्षण गरेका थिए । त्यसपछि उनीहरु ओलम्पिक भिलेजमा नेपाली टिम बस्ने स्थान पुगेका थिए । गौरिका र एलेक्सले १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले सहभागिता जनाउँदैछन् । त्यसमध्ये एथ्लेटिक्स खेलाडी सरस्वती भने शनिबार जापान जाँदैछिन् । उनले जुलाई ३० मा महिला १०० मिटर दौडमा सहभागिता जनाउनेछिन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस