२०७९ माघ १३, शुक्रबार

शारदा नगरले चुम्यो अध्यक्ष कप फुटबलको उपाधी

बैशाख १७, २०७६  | १२०६ पटक पढिएको

– लक्ष्मण बस्नेत
१७ वैशाख, तुलसीपुर (दाङ) / तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को आयोजनामा सञ्चालित प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधी शारदा नगर टोल विकास संस्थाले हात पारेको छ । स्थानीय स्तरमा फुटबल खेलको पँहुच अभिवृद्धि गर्ने र नवप्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको फाईनल खेलमा जलधारा चौतारीलाई ट्राईबेकरमा ४ का विरुद्ध ५ गोलले स्तब्ध पार्दै शारदा नगरले उपाधी उचालेको हो ।

उपाधीसँगै उसले नगद १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्यो । फाईनलमा पराजित जलधारा चौतारीले उपविजेतामा चित्त बुझाउँदै नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्दा सुन्दरबस्ति टोलले तृतीय स्थान हात पार्‍यो । उसले नगद ५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्यो ।

उल्लेख्य दर्शकका बिच प्रदेश प्रहरी कार्यालय खेल मैदानमा मंगलवार भएको कडा प्रतिस्पर्धात्मक खेलको निर्धारित समय सम्म २÷२ गोलको बराबरी भएपछी खेल ट्राईवेकरमा गएको थियो ।

खेलमा शारदा नगरका जर्सी नं. १७ का खेलाडी शरद भण्डारीले फस्ट हाफ्को ९ औँ मिनेटमा पहिलो गोल गर्दा जलधारा चौतारिका जर्सी नं. ११ का दिलिप चौधरीले लगत्तै ११ औँ मिनेटमा जवाफी गोल गर्दै टिमलाई १/१ को बराबरीमा पुर्याएका थिए । त्यस्तै निशान बालान क्षेत्रीले खेलको ३४ मिनेटमा गोल गर्दै २/१ को अग्रता दिलाउँदा जलधाराका दिलिप चौधरीले पेनाल्टिको अवसरलाई सदुपयोग गर्दै टिमलाई बराबरीमा पुर्याए ।

बैशाख १५ गतेबाट सञ्चालित प्रतियोगितामा सात टोल विकास संस्थाको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह प्रतियोगिता संयोजक राम बहादुर जिसिको अध्यक्षता तथा वडा अध्यक्ष टोप बहादुर केसीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानरपालिका खेल संयोजक अमर नेपाली माईकलको विशिष्ट आतिथ्यमा भएको थियो ।

सो अवसरमा प्रतियोगिताका विजेता, उपविजेता टिम तथा व्यक्तिगत विधा तर्फ खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने जलधारा चौतारिका दिलिप चौधरी बेस्ट प्लेयर खेलाडी, शारदा नगरका निशानबालान क्षेत्री बेस्ट मिड फिल्डर, शारदा नगरकै रमेश तामाङ बेस्ट स्कोरर र सुन्दरबस्तीका सुरज पुन बेस्ट किप्परलाई नगद पुरस्कार तथा ट्रफी, कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी लगायतले प्रदान गरेका थिए ।

वडा सदस्य चित्रा मल्लको स्वागत रहेको कार्यक्रमको सञ्चालन सन्तोष केसीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस