२०७९ जेठ २, सोमवार

करिब १५ महिनापछि ‘सक्किगोनि’मा फर्किइन् रक्षा

साउन ०६, २०७८  | ५८६ पटक पढिएको

कलाकार रक्षा श्रेष्ठ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा फर्किएकी छिन् । भोलि बिहीबार प्रशारण हुने नयाँ भागबाट दर्शकले रक्षालाई हेर्न पाउने भएका छन् । रक्षा झण्डै १५ महिनापछि ‘सक्किगोनि’मा फर्किएकी हुन्

। टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकार समेत रहेका कुमार कट्टेलले बिहीबारको भागदेखि टेलिसिरियलमा रक्षाको अभिनय रहने जानकारी दिए । ‘रक्षाजी सक्किगोनिमा फर्किनुभएको छ । बिहीबारको भागदेखि उहाँलाई पनि दर्शकले हेर्न पाउनुहुनेछ । उहाँको पुनरागमनलाई लिएर हामी अझ उत्साहित छौं’– कुमारले भने ।

टेलिसिरियल ‘भद्रगोल’मा अभिनय गरेपछि रक्षालाई दर्शकले निकै रुचाएका थिए । ‘सक्किगोनि’का केही भागमा पनि उनलाई दर्शकले हेर्न पाएका थिए । तर, आमा बन्ने भएपछि उनले केही समयका लागि अभिनयबाट ब्रेक लिएकी थिइन् । उनले दुई महिना अघि छोरीलाई जन्म दिएकी छिन् ।

आमा बनेपछि उनी म्युजिक भिडियोबाट अभिनयमा फर्किसकेकी छिन् । दुई दिनअघि मात्रै रक्षा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सक्किगोनि’ हिमालय टेलिभिजनबाट बिहीबार बेलुका ८ बजे प्रशारण हुँदै आएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस