२०७९ जेठ २, सोमवार

खोपलाई सहज बनाऊ

साउन ०६, २०७८  | २९१ पटक पढिएको

पहिलो चरणको कोरोना भाइरसले जनमानसमा त्यति धेरै त्रास देखिएको थिएन अनि खोपको माग पनि त्यति बढ्न सकेन, उक्त समयमा कोभिड खोपका बारेमा जनमानसमा चासो पनि भएन तर कोरोनाको दोश्रो चरणको महामारी भने धेरैमा त्रास फैलियो, धेरै सचेत हुँदै खोपको माग गर्न थाले, पहिलो चरणमा खोपका विषयमा अनावश्यक हल्ला पनि फिजाएका थिए । तर दोश्रो चरणमा कोरोनाले अलि बढी जोखिम निम्त्याउँदा सबैमा त्रास भयो ।

दैनिक सयौं मानिसको ज्यान जान थाल्यो, अस्पतालमा वेड पाउन मुस्किल हुन थाल्यो, अक्सिजनको अभावमा धेरैको ज्यान गयो । हाम्रै वरिपरीका धेरै परिचत अनुहारहरुले दैनिक ज्यान गुमाइरहँदा बल्ल खोपको आवश्यकता भयो । यतिबेला फेरी तेश्रो चरणको कोरोना भाइरस आउने हल्ला पनि छ । जसले गर्दा पनि यो समयमा कोरोना खोपको बढी माग हुन थालेको छ ।

नवनिर्वाचित मन्त्रीमन्डलले सबै नेपालीलाई जति सक्दो चाँडो खोप लगाउने भनेका पनि छन् । यसो होर्दा खोप लगाउने स्थानमा असाध्यै भिड छ । धेरै नैं आतुर हुनुहुन्छ । उमेर समूहलाई खोप लगाउने परिपाटिले त केही सहज नैं होला तर त्योभन्दा पनि झन् सहज त प्रदेश या स्थानीय तहअनुसार लगाउने परिपाटि गरेको भए पनि केही राहत हुन्थ्यो होला । किनकी यहाँ सबैलाई खोप चाहिएको छ । यो उमेरअनुसार खोप लगाउँदा अलि व्यवहारिक देखिएन, अन्य उमेर समूहले पनि खोप लगाएको खबरहरु पनि आइरहेका छन् ।

खोप लगाउने प्रक्रिया स्थानीय तह या प्रदेशअनुसार भइदिएको भए सायद खोपमा अलि बढी राजनीतिक हुने थिएन की । यहाँ खोप लगाउने उमेरकाभन्दा अन्य समूहको बढी लाइनमा बसेर खोप पनि लगाएको देखिन्छ । जसले गर्दा खोपमा पनि भद्रगोलको स्थिति भएको छ । आखिर सरकारले पनि सबै नेपालीलाई खोप लगाउने भनेकै छ, त्यसैले अहिलेको यो सरकारले सकरभर सबै नेपालीलाई खोप एक समयमै लगाउने व्यवस्था गर्दा ठिक होला कि त प्रदेशअनुसार खोप लगाउने व्यवस्था ठिक होला, होइन भने अलि बढी लक्षित उमेर समूहभन्दा बाहिर पनि जान थालेको छ । यसलाई ध्यान दिने हो भने कोभिड खोप सहज हुने देखिन्छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस