२०७९ जेठ २, सोमवार

कृषिमा सोचेअनुरुप उत्पादन गर्न नसकेको किसानहरुको गुनासो

असार २९, २०७८  | २४२ पटक पढिएको

दिप्तीशिखा चौधरी, २९ असार, दंगीशरण ।

कृषि पेशामा आत्मनिर्भर हुन खोजे पनि बालीनाली सोचे अनुरुप उत्पादन गर्न नसकेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । मौसमीभन्दा बेमौसमी तरकारी खेती गर्दा बढी घाटा बेहोर्नु परेको उनीहरुको भनाई थियो । ‘कृषि सम्बन्धी पर्याप्त ज्ञान छैन कृषिलाई कसरी फष्टाउने अन्यौलमा छौँ कार्यक्रममा सहभागीहरुको भनाई थियो ।’

दंगीशरण गाउँपालिकामा भएको मौरी पालन र प्रांगारिक तरकारी बाली उत्पादन सम्बन्धी अभिमुखीकरण गोष्ठीमा सहभागी किसानहरुले यस्तो बताएका हुन । ‘मकैमा औषधी प्रयोग गरे पनि किरा लागिरहन्छ, तरकारी खान नै पाईदैन ।’ एक किसानले भने ।

गोष्ठीमा कृषि शाखा प्रमुख सरु भुषालले तरकारी बालीमा लाग्ने प्रमुख किराहरु र ती किराको ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएकी थिइन् । बालीमा लाग्ने किरा ब्यवस्थापनका लागि कुन खालकोे किटनासक औषधि प्रयोग गर्ने, कसरी गर्ने, भन्ने कुरामा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षण दिएकी थिइन् ।

यस्तै शाखाका मान बहादुर डांगीले मौरी पालन कसरी गर्ने, यसको वर्तमान अवस्था, अवसर समस्या र चुनौतीका विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा गाउँपालिकाका कृषि समूह र अन्य कृषकहरुको सहभागिता रहेको थियो ।

ग्रीन फाउण्डेसन नेपाल दंगीशरण गाउँपालिकाका संयोजक एम.एन शाहको अध्यक्षता एंव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेसन नेपाल तुलसीपुर संयोजक तेज राज वलीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस