मंगलबार हावाहुरीसहित वर्षा हुने संभावना


१७ वैशाख, काठमाडौं / मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अन्सार पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । साथै पश्चिमी भेगका एक–दुई स्थानमा सामान्य हुरी्बतास चल्ने सम्भावना छ ।
त्यसैगरी रातिको सयमा देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।


साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस