२०७९ माघ १७, मंगलबार

“दंगीशरणबासी कृषि क्षेत्रबाट आत्मनिर्भर बन्नुपर्छ” : अध्यक्ष चौधरी

बैशाख १७, २०७६  | १२४१ पटक पढिएको

– दिप्तीशिखा चौधरी
१७ वैशाख, दंगीशरण (दाङ) / दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सोमबार दंगीशरणबासीहरु अबका दिनमा कृषि क्षेत्रबाट आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । आफ्नै खेतबारीमा श्रम गरेर प्रशस्त रुपमा आयआर्जन गर्न तर्फ लाग्नुपर्ने बताएका हुन् । अबका दिनमा कृषि क्षेत्रलाई कसरी अगाडि लैजाने विषयमा बृहत रुपमा छलफल गर्न आवश्यक रहेको उनको भनाई थियो ।

कृषिका लागि बजेट छुट्याएको भएपनि सहि स्थानमा लगानी गर्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै उनले प्रक्रिया र सस्ंथागत ढंगले काम सम्पन्न गर्ने सोचाईमा रहेको बताए । चाँदनी कृषक समूह दंगीशरण गाउँपालिका १ बाँकीको आयोजना तथा सहकर्मी समाज सुर्खेतको सहकार्यमा वडा न. १ मा भएको समूहहरुको सिकाई आदानप्रदान अन्तरक्रियाका लागि सामुहिक भेला कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने —“ हरेक क्षेत्रको विकास निर्माणका कामहरु अगाडि बढिरहेका छन् तर कृषि क्षेत्रलाई अझै फस्टाउँन सकिएको छैन यस कुरामा म गम्भिर छु अबका दिनमा तपाईले जायज माग राखेर विकास तर्फ लाग्नुस् म साथ दिन तयार छु ।”

सो अवसरमा सहकर्मी समाज जिल्ला सयोंजक पुनाराम पन्थीले कृषक समूह गठन गरि घर देखि समाज सुधारमा लागेको भन्दै खुसी व्यक्त गरे । क्षमता विकासका लागि आफुले प्रश्न छोडेको र उत्तर दिने काम तपाईको हो भन्दै समृद्धिको चरणमा आईसकेको बताए । पद्धति लिएर आएको समाज भएकाले जागरण सिर्जना गर्ने बताए ।

यस्तै वडा अध्यक्ष श्रीप्रसाद चौधरीले कृषक समूहहरुका लागि वडाबाट गर्न सक्ने सहयोग जति पनि गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा दंगीशरण गाउँपालिका नेकपाका अध्यक्ष भरत अधिकारी, नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य यज्ञ बहादु विष्ट, गाउँपालिकाका कार्यपालिका सदस्य हरी प्रसाद पोखे्रल लगायतले बोलेका थिए ।

कार्यक्रममा सहभागि भएका कृषकहरु सुन्दरनगरी कृषक समूहका शेखर चौधरी, देउराली समूहकी सिता डाँगी, शान्ति समूहका शेर बहादुर चौधरी, लालिगुँरास समूहकी डिला विष्ट, चाहँनी कृषक समूहका हरी प्रसाद बि.क, हरियाली समूहका सविता चौधरी, मिलीजुली कृयाक समूहका राज कुमारी चौधरी, समाजसेवा समूहकी गिता के.सी लगाएतले कृषक समूह गठन पछि आफुमा बोल्ने, लेख्ने बानीको विकाश भएको, बचत गर्ने बानीको विकास भएको, तरकारी खेती देखि गाउँ, टोल सफा राख्ने, विद्यार्थीहरुको पठनपाठनलाई नियमीत बनाउने कार्य समेत सञ्चालन गरेको बताए ।

कार्यक्रममा सत्य कुमारी चौधरीले प्रथम सामुहिक भेलाको कार्यपत्र प्रश्तुत गरेकि थिईन् । चादँनी कृषक समूहका अध्यक्ष कर्ण बहादुर चौधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो । कृष्ण पुन र कवीता भण्डारीको स्वागत गीतबाट शुरु भएको कार्यक्रमको शहजीकरण सुमन चौधरीले गरेका थिए । कार्यक्रममा विभिन्न समूहले नाच प्रस्तुत गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस