२०७९ माघ १७, मंगलबार

तिन दिने अनसाइट कोचिङ्ग तथा क्षमता अभिवृद्धि तालिम सुरु

बैशाख १६, २०७६  | १०१७ पटक पढिएको

१६ वैशाख, दाङ / शान्तिनगर गाउँपालिकाको आयोजनामा तिन दिने दक्ष प्रस्तुतिकर्मीहरुलार अनसाइट कोचिङ्ग तथा क्षमता अभिवृद्धि तालिम आज देखि वडा नम्बर छ को धनौरी स्वास्थ्य चौकीमा सुरु भएको छ ।

उक्त तालिमको उद्घाटन गर्दै गाउँपालिकाकी उपाध्यक्ष मिथिला शाहले नागरिकलाई गुणस्तर स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मी लाग्नु पर्ने बताउँदै प्रमुख अतिथी समेत रहेकी शाहले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले सक्दो सहयोग गर्ने कुरामा जोड दिइकी थिइन् ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीको सभापतित्व एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सी.को विशिष्ट आथित्यतामा सम्पन्न कार्यक्रममा लमही अस्पताल नर्सिङ निरीक्षक मिना शर्मा, सि अनमी निरीक्षक खिमा भुसाल, धनौरी स्वास्थ्य चौकीका प्रमुख मोहन रावतले बोलेका थिए ।

तिन दिन सम्म सञ्चालित उक्त तालिमको प्रशिक्षकमा मिना शर्मा र खिमा भुसाल रहेका छ्न्, भने तालिममा शान्तिनगर स्वास्थ्य चौकीका पाँच जना महिला स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको तालिमको सञ्चालन घनश्याम पाण्डेले गरेको शान्तिनगर गाउँपालिकाका प्रेस संयोजक निराश पाण्डे ले जनायका छ्न् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस