२०७९ जेठ २, सोमवार

दंगीशरण वडा ४ ले कम्बाईल मिल, पम्पसेट र वडा ७ ले फिल्टर वितरण

असार २१, २०७८  | ३२६ पटक पढिएको

दिप्तीशिखा चौधरी,

२१ असार, दंगीशरण ।

दंगीशरण गाउँपालिका वडा न. ४ ले वडाका कृषकहरुलाई कम्बाईल मिल र पम्पसेट वितरण गरेको छ । वडाको विनियोजित बजेटको ५० प्रतिशत अनुदानमा सो सामग्री वितरण गरेको कृषि शाखाका मान बहादुर डांगीले जानकारी दिए ।

वडाका कृषकहरुको माग बमोजिम सो सामग्री वितरण गरेको वडा अध्यक्ष नेप बहादुर कवँरले जानकारी दिए । वडाका रुपलाल खत्री, तारा बहादुर वली, लक्ष्य बहादुर वली, ऐलु चौधरी, शालीकराम चौधरी, शेखर चौधरी, विष्णु चौधरी, शान्ता कुमार चौधरी र सुरज चौधरीलाई पम्पसेट वितरण गरिएको थियो भने रेशम चौधरी, राजु चौधरी, शिव चौधरी, जगत चौधरी, ललिता चौधरी, राज कुमारी चौधरी, सोवत चौधरी, प्रमिला चौधरी, सुकुम्बासी चौधरी र समिर चौधरीलाई कम्बाईल मिल वितरण गरिएको हो ।

यसैबिच, दंगीशरण गाउँपालिका वडा न. ७ ले वडाका दलित तथा विपन्न घर परिवारलाई फिल्टर वितरण गरेको छ । वडामा ४४ जना दलित तथा विपन्न घर परिवारलाई फिल्टर वितरण गरिएको हो ।

वडा अध्यक्ष विर बहादुर वलीका अनुसार वडाले हरेक बर्ष बर्षातको समयमा नागरिकहरु स्वच्छ खानेपानी खान पाउँन भन्ने उद्देश्यले दलित तथा विपन्न घरपरिवारहरुलाई फिल्टर वितरण गर्दै आएको छ । फिल्टर पाएपछि दलित तथा विपन्न घर परिवारहरु राहतको महशुस गरेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस