२०७९ मंसिर १२, सोमवार

टिकटक प्रयोगकर्ताले ३ मिनेटसम्मको भिडियो पोस्ट गर्न पाउने

असार २०, २०७८  | ५६५ पटक पढिएको

२० असार, काठमाडौं ।

लोकप्रिय भिडियो शेयरिङ एप टिकटकले प्रयोगकर्तालाई ३ मिनेट सम्मका भिडियो पोस्ट गर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ ।

हाल १५ सेकेण्ड र अधिकतम एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोस्ट गर्न सकिने सुविधा रहेकोमा निकटले भिडियोको अधिकतम लम्बाइलाई ३ मिनेट बनाउने तयारी गरिरहेको हो । टिकटकका प्रडक्ट म्यानेजर ड्रिउ किर्चहोफले एक ब्लगपोस्टमा भनेका छन्– यस परिवर्तनले प्रयोगकर्ताको कथानक प्रस्तुति तथा मनोरञ्जनलाई थप सम्वृद्ध बनाउनेछ ।

सन् २०१८ मा लञ्च भएको टिकटकले आफूलाई युट्युबलगायतका अन्य प्रतिस्पर्धी प्लाटर्फमहरुभन्दा फरक राख्दै आफ्नो प्लाटर्फममा पोस्ट गरिने भिडियोको अधिकतम लम्बाई उक्त मिनेट कायम गर्दै आएको छ ।

आगामी हप्ताभित्रमै सबै प्रयोगकर्ताका लागि भिडियो लम्बाई ३ मिनेट बनाइएको फिचर उपलब्ध हुने ब्लग पोस्टमा उल्लेख गरिएको छ ।

धेरै प्रयोगकर्ताहरुले टिकटकमा केही समय थप होस् भन्ने इच्छा व्यक्त गरेका हुँदा पछिल्लो परिवर्तन गरिएको टिकटकले उल्लेख गरेको छ ।

टिकटकमा रहेका धेरै लोकप्रिय भिडियोहरु समयको पावन्दीका कारण टुक्राटुक्रामा पोस्ट गरिएको अवस्था रहेको परिप्रेक्ष्यमा भिडियोको लम्बाईलाई तीन मिनेट बनाउने कार्यले उक्त समस्याको समाधान गर्ने टिकटकको ब्लग पोस्टमा उल्लेख छ ।

बीबीसी

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस