२०७९ माघ १३, शुक्रबार

तुलसीपुरमा नमुना युवा संसद, ‘लैनो भैसीलाइ पराल’

बैशाख १६, २०७६  | २२४७ पटक पढिएको

खेमराज रिजाल
तुलसीपुर, १६ बैसाख ।

सत्ता पक्षका ३० जना र प्रतिपक्षका २० जना सांसदहरु आ–आफ्नै भेषभुषामा तुलसीपुरको नमुना संसदको लोगो लगाएर बसिरहेका छन् । मन्चमा राष्ट्रपति, सभामुख र संसदका महासचिव पनि आ–आफ्नै औपचारिक पोशाकमा । पछिल्तीर मर्यादापालक संसदकै शैलिमा उभिएका छन् । मन्चको दायापट्टि रोष्टम बनाइएको छ । नमुना युवा संसद तुलसीपुरको परीदृश्य हो यो । राष्ट्रपति मदन भुषालले युवा विकाशका लागी बार्षिक निति तथा कार्यक्रम २०७६÷७७ प्रस्तुत गर्दै थिए । सभामुख नवराज घिमिरेले संसदलाइ रुलिङ गरीरहेका छन् । संसदमा भएका सम्पुर्ण गतिविधिहरु महासचिव नवराज वलीले टिपोट गर्दै छन् ।
‘यो निति र कार्यक्रम लैनो भैसीलाइ पराल जस्तै भयो, यसबाट जनताले समृद्धि हासिल गर्न सक्दैनन्, तिक्ष्ण विश्लेषण विनै हचुवाका भरमा निति र कार्यक्रम ल्याइयो सभामुख महोदय’, राष्ट्रपतिले निति र कार्यक्रम प्रस्तुत गरेपछि प्रमुख प्रतिपक्षि दलका नेता दिपक खड्काले रोष्टममा गएर भने । लैनो भैसिले सुक्या पराल खाएर दुध दिन नसक्ने भएजस्तै यो निति र कार्यक्रम पनि उपलव्धिमुलक नभएको उनले टिप्पणि गरे ।

निति र कार्यक्रमका विषयमा अन्य सांसदहरुले पनि तिखो आलोचना गरे । ‘दैनिक दर्जनौं सवहरु खडि मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइन्छन्, तर आन्तरीक रोजगारीको बृद्धिगर्न तथा युवालाइ स्वरोजगार बनाउने कुनै कार्यक्रम छैन’—प्रतिपक्षि नेता खड्काले यो भनिरहंदा प्रतिपक्षि सांसदहरुले उनको अभिव्यक्तिमा टेवल ठटाएर समर्थन जनाइरहेका थिए । सत्तापक्षि सांसदहरुले भने राष्ट्रपतिले ल्याएको निति र कार्यक्रमलाइ वहुआयामिक कार्यक्रम भन्दै स्वागत गरेका थिए । यो परीदृश्यले युवाहरुलाइ संसदिय अभ्यास सिकाइरहेको थियो । युवा नमुना संसदको संयोजन र व्यवस्थापन राष्ट्रिय युवा परीषदका संयोजक सुरेश रावतले गरीरहेका थिए ।

नयां पाइला पुर्नस्थापन केन्द्र विजौरी लगायत विभिन्न संघसंस्थाहरुको सहकार्यमा युवा संसद अभ्यास प्रस्तुत गरिएको थियो । संसदमा सहभागि नमुना सांसदहरु जतिय पहिरनमा उपस्थीत भएका थिए । केहि थारु पहिरनमा, केहि मगर समुदायको पहिरनमा त केहि राष्ट्रिय पोशाकमा सजिएका थिए सांसदहरु । ‘यो एउटा नमुना संसदको अभ्यास हो, जसले युवाहरुलाइ मुलुकको संसदिय गतिविधिका विषयमा जानकार बनाउने छ’—तुलसीपुर उपमहानगरपालिकाका युवा, खेलकुद तथा शिक्षा महाशाखाका प्रमुख भास्कर गौतमले भने । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका केहि वडाध्यक्षहरु समेतको उपस्थीति रहेको थियो ।
तुलसीपुर उपमहानगरपालिकाका १९ वटौ बडाबाट दुइ÷दुइ जना, समानुपातिकबाट ७ जना र अन्य विशिष्ठ व्यक्तित्वबाट ५ जना गरी ५० जनाको नमुना संसद बनाइएको छ । हरेक वडामा युवा भेला गरी युवा सांसद छानिएको कार्यक्रम संयोजक तथा प्रेस सम्योजक बशन्त आचार्यले बताए । ‘यो एउटा संसदिय अभ्यासको नमुना हो, युवाहरुलाइ राज्य सन्चालनको प्रक्रियाका विषयमा समष्टिगत ज्ञान दिन यो अभ्यास सुरु गरिएको हो’—प्रेस संयोजक आचार्यले भने ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस