२०७८ असोज ११, सोमवार

‘कमेडी च्याम्पियन’ आजबाट सुरु

असार १८, २०७८  | २४१ पटक पढिएको

१८, असार, काठमाडौंँ ।

रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ सुरु हुने भएको छ । करिब दुई महिनादेखि रोकिएको शो आज शुक्रबारबाट सुरु हुन लागेको हो । शोका निर्देशक विशाल भण्डारीले आज शुक्रबारबाट शो नियमित हुन लागेको जानकारी दिए ।

कार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगिताहरूको प्रस्तुति छायाँंकन गरिएको छ । त्यसक्रममा स्वास्थ्य–सुरक्षाका सम्पूर्ण मापदण्डहरु पुरा गरिएको निर्माण पक्षको दावी छ ।

कार्यक्रममा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापालाई प्रस्तुत गरिएको छ । सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा भने नियमित जजको रुपमा रहेको शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरे हुन् ।

शोको पहिलो सिजन दर्शक रुचाएपछि दोस्रो सिजन पनि सुरु गरिएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस