२०७९ माघ २६, बिहीबार

भारतमा आज चौथो चरणको निर्वाचन हुँदै

बैशाख १६, २०७६  | ९४४ पटक पढिएको

१६ वैशाख, काठमाडौं / भारतीय लोकसभा चुनावको चौथो चरणमा सोमबार नौ राज्यका ७१ लोकसभा सिटका लागि मतदान सुरु भएको छ । चौथो चरणको निर्वाचनमा सबैभन्दा धेरै महाराष्ट्रमा १७, उत्तर प्रदेश र राजस्थाका १३–१३, पश्चिम बंगालका आठ, मध्य प्रदेश र उडिसाका ६–६, विहारको पाँच, झारखण्डको तीन र जम्मू–कश्मिरको एक सिटकालागि मतदान भइरहेको छ ।

अहिलेसम्म तीन चरणमा कुल ३०२ सिटमाथि मतदान भइसकेको छ । चौथो चरणपछि कुल ३७३ सिटमा मतदान हुनेछ । चौथो चरणको चुनावमा पहिलो पटक चुनाव लडिरहेकी बलिउड अभिनेत्री उर्मिला मातोंडकर र जेएनयूका छात्रसंघका पूर्व अध्यक्ष कन्हैया सिंह जस्ता चर्चित उम्मेद्वारमाथि सबैको ध्यान केन्द्रित छ ।

उर्मिला मातोंडकर कांग्रेसको टिकटमा उत्तरी मुम्बईबाट चुनाव लडेकी छन् भने कन्यैहा कुमार बेगुसरायबाट सीपीआईको टिकटमा चुनाव लडिरहका छन् ।

बेगुसरायबाट आरजेडी उम्मेद्वार तनवीर हसन र बीजेपीबाट गिरिराज सिंह चुनावी मैदानमा रहेका कारण बेगुसराय निर्वाचन क्षेत्र निर्क चर्चामा छ ।

मध्य प्रदेशमा छिंदवाडाबाट नौ पटा सांसद भइरहेका कमलनाथका छोरा नकुल नाथ चुनाव लडिरहेका छन् ।

उता, पश्चिम बंगालको आसनसोल निर्वाचन क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ । आसनसोलमा सत्ताधारी तृणमुल कांग्रेस र विपक्षी दुवै पार्टीले कलाकारलाई चुनावी मैदानमा उतारेका छन् । बिजेपीकातर्फबाट गायक बाबुल सुप्रियो र टीएमसीका तर्फबाट अभिनेत्री मुनमुन सेन चुनावी मैदानमा छन् ।

उत्तर प्रदेशको इटावा र कन्नौज सिट पनि निर्क चर्चामा छ । कन्नौजबाट राज्यका पूर्वमुख्यमन्त्री अखिलेश यादवकी पत्नी डिम्पल यादव चुनावी मैदानमा छिन् । यो निर्वाचन क्षेत्रबाट समाजवादी पार्टीले सात पटक चुनाव जितिसकेको छ ।

उता इटावामा भारतीय जनता पार्टीका तर्फबाट राष्ट्रिय अनुसूचित जाति आयोगका अध्यक्ष रामशंकर कठेरिया चुनावी मैदानमा छन् ।
राजस्थानमा जोधपुर निर्वाचन क्षेत्र चर्चामा छ । किनभने यहाँबाट केन्द्रीय कृषि राज्यमन्त्री गजेन्द्र सिंह शेखावत चुनाव लड्दै छन् र उनको प्रतिस्पर्धा राज्यका मुख्यमन्त्री अशोक गहलोतका छोरा वैभव गहलोत पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस