२०७९ माघ १३, शुक्रबार

फेरि पनि अनमोल र सुहाना ‘भागवतगिता’ मा सँगै

बैशाख १५, २०७६  | १४५२ पटक पढिएको
नयाँ वर्ष २०७६ को छेकोमा प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ को सफलतापछि अभिनेत्री टर्न निर्देशक झरना थापाले यस वर्ष नयाँ नाममा फिल्म निर्माण गर्ने भएकी छन् । फिल्मको नाम हो ‘भागवत गीता’ । झरना यो फिल्म ‘ए मेरो हजुर २’ रिलिजपछि निर्माण गर्ने तयारीमा थिइन् । तर, विभिन्न कारणले केही पछाडि धकलिएको थियो । 
अब भने यो फिल्म यस वर्ष निर्माण हुने निश्चित भएको छ । फिल्मका लागि लिड कलाकार पनि फाइनल भएका छन् । झरनाको तेस्रो निर्देशनमा बन्ने यस फिल्ममा ‘ए मेरो हजुर ३’ को सुपरहिट जोडी अनमोल केसी र सुहाना थापा दोहोरिने तय भएको छ । झरनाले यसको जानकारी आफ्नो आधिकारिक फेसबुकमार्फत दिएकी छन् । 
उनले आफ्नो आधिकारिक फेसबुक पेजमा अनमोल र सुहानासँगको एक तश्बिर साझेदार गर्दै अंग्रेजीमा लेखेकी छन्, ‘विथ माई भागवत गीता ।’ ‘ए मेरो हजुर ३’ रिलिज लगत्तै अनमोलले यो फिल्मको स्क्रिप्ट पढेका थिए । उनीसँग केही दिन अगाडि निर्माण टिमको कागजी सम्झौता भएको जानकारी प्राप्त छ । 
फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन् । केही दिनमा अभिनेत्री सुहानाको जन्मदिनमा फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा निर्माता थापा छन् । ‘ए मेरो हजुर ३’ पछि धेरै दर्शकले अनमोल र सुहानाको जोडी फेरि हेर्ने इच्छा व्यक्त गरेका थिए । अन्ततः ‘भागवत गीता’ मा दुईको जोडी बाँधिएको छ । यसमा अनमोल ‘भागवत’ र सुहाना ‘गीता’ को भूमिकामा प्रस्तुत हुनेछन् । 

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस