२०७९ माघ १३, शुक्रबार

थारमारेमा नयाँ पाईलाको खोजि

बैशाख १५, २०७६  | ११८६ पटक पढिएको

सल्यान, १५ बैसाख
सल्यान जिल्लाको थारमारेमा नयां पाइलाको एउटा खोजमुलक एवं सामाजिक सन्देश वाहक नाटक नयां पाइलाको खोजि प्रदर्शन गरिएको छ । डिल्ली बस्नेत(संगित)को लेखन तथा निर्देशनमा प्रस्तुत गरीएको नाटकमा लागुपदार्थको कुलतमा फसेको एउटा युवकको जिवन कहानी प्रस्तुत गरिएको छ । थारमारे पांचौं व्यापारीक तथा सांस्कृतिक महोत्सवको अवसर पारेर प्रस्तुत गरिएको स्टेज नाटक आयोजना गरिएको तुलसीपुर विजौरीस्थीत नयांपाइला पुर्नस्थापना केन्द्रले संयोजन गरेको केन्द्रका कार्यकारी निर्देशक शुरेश भुषालले बताए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रस्तुत गरिएको शो नाटक कम्तिमा ५ हजार दर्शकले अवलोकन गरेको बताइएको छ । साथै नाटकले लागुपदार्थ दुव्र्यसनीमा फसेको अवस्था र पुर्नस्थापना केन्द्रको सम्पर्कमा आएपछि पुनः सामाजिक जिवन यापन गरेको अवस्था झल्काइएको थियो । प्रस्तुत नाटकमा डिल्ली संगित बस्याल(रोल्पाली कान्छो), कृष्णि वोहोरा, डिल्ली बस्नेत संगित लगायतले अभिनय गरेका थिए ।

नाटकको अन्तमा लागुऔषध दुव्र्यशनी एवं बेचविखनपछि व्यहोर्नुपर्ने कानुनी सजायका विषयमा इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरिक्षक लिला वहादुर वादेवले जानकारी गराएका थिए । नयां पाइलाले स्थापना कालदेखिनै लागुऔषद दुव्र्यशनी विरुद्ध दाङ लगायत राप्तीका सवै जिल्लाहरुमा सन्चालन गर्दै आएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस