२०७९ माघ २४, मंगलबार

अध्यक्ष कप फुटबल सुरु, “खेल नै स्वास्थ्यको धन हो” – पूर्व सांसद भण्डारी

बैशाख १५, २०७६  | १२३० पटक पढिएको

– लक्ष्मण बस्नेत
१५ वैशाख, तुलसीपुर (दाङ) / तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ आईतबार देखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन संविधान सभा सदस्य पूर्व सांसद बुद्धि राम भण्डारीले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी भण्डारीले खेल नै स्वास्थ्यको धन भएको बताए । “खेल नै स्वास्थ्यको धन हो, स्वास्थ्यका लागि खेल आवश्यक छ”– उनले भने । अब सिंगो खेलकुदलाई स्वास्थ्य मात्र नभएर एकता र समृद्धिसँग जोडेर लैजानु पर्ने पनि उनले बताए । स्थानीय स्तरमा फुटबल खेलको पँहुच अभिवृद्धि गर्ने नवप्रतिभाहरुलाई फुटबल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ब्राहथान टोल विकास संस्थाले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा श्रीराम टोल विकास संस्थालाई १ विरुद्ध ३ गोलको अन्तरले स्तब्ध पार्दै ब्राहथान टोल विकास संस्थाले विजयी यात्रा सुरु गरेको हो ।

उल्लेख्य दर्शकका बिच प्रदेश प्रहरी कार्यालय तुलसीपुरको खेलमैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलमा ब्राहथानका दिलिप योगी, पारस बस्याल र दिपक रेग्मीले समान १÷१ गोल गरे । त्यस्तै श्रीराम टोलका तर्फबाट बालद बि.क.ले सान्त्वना गोल गरे । बैशाख १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा वडा नं. ७ भित्रका सात टिमहरुको सहभागिता रहेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का अध्यक्ष टोप बहादुर के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक तथा कार्यपालिका सदस्य अमर नेपाली, तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष राजु आचार्य, कार्यपालिका सदस्य दिपक कुमाल, रिपोर्टस् क्लव प्रदेश ५ संयोजक सरद रेग्मी लगायतले खेलकुदको विकास बिना समृद्धिको परिकल्पना गर्न नसकिने बताएका थिए । साथै उनिहरुले हरेक व्यक्तिको स्वास्थ्यमा टेवा पुर्याउने माध्यम खेल भएको पनि बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का सदस्य तथा प्रतियोगिताका संयोजक रामबहादुर जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सन्तोष केसीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस