२०७९ असार २३, बिहीबार

पहिलो हाफमै १० खेलाडीमा सीमित भएको नेपाल अस्ट्रेलियासँग पराजित

जेठ २९, २०७८  | २०५ पटक पढिएको

जेठ २९ गते, काठमाडौं । फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय मैदानमा भर्खरै सकिएको खेलमा नेपाल ३–० ले पराजित भएको हो ।

नेपाल पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो । अस्ट्रेलियन खेलाडीलाई लडाएपछि खेलको ४५औँ नेपाली डिफेन्डर रोहित चन्द सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

खेलको छैटौँ मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । खेलको छैटौँ मिनेटमा अष्ट्रेलियाका कप्तान जर्सी नम्बर ७ का थिए।

३८ औँ मिनेटमा म्याथ्यु लेकीको पासलाई सदुपयोग गर्दै फ्रयान्क कारासिसले गोल गरेका थिए ।

अस्ट्रेलियाका लागि मार्टिन बोइलीले ५७औँ मिनेटमा तेस्रो गोल गरेका थिए।

फिफा बरियताको ४१औँ स्थानमा रहेको अस्ट्रेलियाले ५ पटक विश्वकप खेलेको छ । पछिल्लो सन २०१८ मा विश्वकप विजेता फ्रान्सकै समूहमा थियो अस्ट्रेलिया ।

उसले पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित भएको उसले दोस्रो खेलमा डेनमार्कसँग १–१ बराबरी र तेस्रो खेलमा पेरुसँग २(० को हार व्यहोरेको थियो ।

छनोटमा शतप्रतिशत जित निकालेको अस्ट्रेलिया ७ खेलबाट २१ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा छ । नेपालले ८ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा रहँदै छनोटको अन्त्य गरेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस