२०७९ साउन ३१, मंगलबार

कोरोना डायरी, भरिया सांसद ज्यूहरु…..

खेमराज रिजाल  |  जेठ २४, २०७८  | ११११ पटक पढिएको

बेलझुण्डी(दाङ)। शंकरले आफ्नो मोवाइलमा समाचार पढिरहेका थिए । म टक्क त्यहिं पुगे, उनकै घरको वरण्डामा । उनी हौसिदै भन्दै थिए, सांसद वलीले त वेलझुण्डी कोरोना अस्पताललाइ यतिधेरै स्वास्थ्य सामाग्रि सहयोग गरीछन् नी ।’ कति महंगा होलान यी सामाग्रि ? उनले म संग हिसाव सोधे ।

यहिंबाटै प्रशारित एउटा अनलाइनमा यस्तो समाचार जसमा लेखिएको थियो सांसद वलीले सहयोग गरेको तस्वीर सहित छापिएको थियो । समाचारमा लेखिएको थियो, सांसद ओलीद्वारा बेलझुण्डी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग । उनले अस्पतालमा एक थान भेन्टिलेटर, पाँच थान अक्सिजन कन्स्ट्रेटर, पाँचसय पिस सर्जिकल मास्क, पाँचसय पिस एन ९५ मास्क, ३०० पिस फेस सिल्ड, ईन्जेक्सन क्लाभम एकसय भायल, रेम्डिशिभिर एकसय भायल ।

सर्जिकल मास्क र हेन्ड ग्लोवस समेत सांसदले बोकेर अस्पताल पु¥याउनुपर्ने यो कस्तो दुर्भाग्य हो ? मैले सोचिरहेको थिए । सायद चुनावमा मत तान्न सकिन्छकी भनेर हुन सक्छ । तर जनताले सांसदलाइ भरिया बनाउन पठाएका होइनन् ।

सोमवार अस्पतालमै पुगेर सहयोग गरेको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले बताए । उनले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएकी छिन् । तस्वीरले मात्र चिनिन्थ्यो, यी सामाग्रीको सहयोग राष्ट्रियसभा सांसद कोमल वलीले गरेकि हुन् भनेर ।

मैले शंकरले सोधेको हिसाव बुझाउन अस्पतालका व्यवस्थापक दोर्ण वलीलाइ फोन गरें । कोमल वलीले सहयोग गरेका स्वास्थ्य सामाग्रिको चानचुन मुल्य कति पर्छ भनेर । उनले जवाफ दिए, कम्तिमा २५ लाख भन्दा बढि । मैले फेरी सोधे, यति धेरै रकम वरावरको सहयोग गरेकोमा पहिलो घटना होइन ? उनले जवाफ दिए, सांसदले आफै किनेर ल्याएको कहां होर, यो त विभाग र मन्त्रालयबाट समन्वय गरेर ल्याएको नी’

हो कम्तिमा दुइसाता अघि जिल्लामा अक्सिजनको चरम अभाव भैरहंदा यहिंकै पुर्व प्रतिनिधिसभा सदस्यहरु शान्ता चौधरी र हिराचन्द्र केसीले पनि रित्तै भएपनि अक्सिजन शिलिण्डर ल्याएर वेलझुण्डी अस्पतालमा हस्तान्तरण गरेका थिए । ती शिलिण्डरहरु पनि नेपाल सरकारले व्यवस्थापन गरेर अस्पतालमा पठाउन भनि विभागमा राखिएका थिए । सांसद गंगा चौधरीको त घरमा शिलिण्डर लुकाउने भनेर निकै आलोचनाहरु पनि भए शिलिण्डर लुकाउने भनेर ।

भरिया सांसदज्युहरु,

किनकि तपाईहरुले व्यवस्थापिका सांसदमा यस्ता श्वास्थ्य सामाग्रीहरु संबन्धित अस्पतालमा पठाउने सरकारी संयन्त्रको विश्वास गर्नु भएको छैन । त्यसैले आफैले हस्तक्षेपको शैलिमा विभाग र मन्त्रालयबाटै स्वास्थ्य सामाग्रीहरु गृहजिल्लामा ल्याइरहनुभएको छ । सिस्टम बनाउन नसकेपनि आफै बोकेर त ल्याउनुभएको छ ?

तपाइहरुले पाएको मत मास्क र सेनीटाइजर बोकेर अस्पताल आउनकालागि होइन, मास्क र सेनीटाइजर अस्पताल सहजै रुपमा पुग्न सक्ने प्रणालीको निर्माण गर्न हो । कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त बनाउनकालागि हो । तर यस्तै कार्यशैलि तपाईहरुले गर्दै आउनुभयो भने व्यवस्थापिका संसदको मर्यादा खोइ ? मास्क र सेनीटाइजर अस्पतालसम्म पु¥याउने सिस्टम कोल्याप्स छ र सांसदज्यु ।

सर्जिकल मास्क र हेन्ड ग्लोवस समेत सांसदले बोकेर अस्पताल पु¥याउनुपर्ने यो कस्तो दुर्भाग्य हो ? मैले सोचिरहेको थिए । सायद चुनावमा मत तान्न सकिन्छकी भनेर हुन सक्छ । तर जनताले सांसदलाइ भरिया बनाउन पठाएका होइनन् । विधान बनाउन र मुलुकलाइ कानुनी राज्यका रुपमा सञ्चालन गर्न पठाएका हुन् ।

सिस्टमलाइ स्थापित गर्न सकुन् । समानुपाति समावेशी विकाशकालागि विधान बनाउन सकुन भनेर संसदमा पठाएका हुन् ।
तर मलाइ लाग्छ, अचेल सांसदज्युहरु तलव खाने वेरोजगार हुनुहुन्छ । त्यसैले सरकारले आवश्यकता अनुसारका अस्पतालमा पठाउनकालागि खरीद गरेका स्वास्थ्यसामाग्रीहरु आफ्नो वलबुताले भ्याएसम्म गृहजिल्लामै लैजान अभ्यस्त देखिएका छन् । प्रधानमन्त्रीले संसद विघटन गरीदिए, प्रतिनिधिसभा सदस्य वेरोजगा । अध्यादेशमार्फत धमाधम कानुन जारी हुन थालेपछि राष्ट्रियसभा पनि काम विहिनजस्तै…..।

सांसदज्युहरु,

तपाइहरुले पाएको मत मास्क र सेनीटाइजर बोकेर अस्पताल आउनकालागि होइन, मास्क र सेनीटाइजर अस्पताल सहजै रुपमा पुग्न सक्ने प्रणालीको निर्माण गर्न हो । कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त बनाउनकालागि हो । तर यस्तै कार्यशैलि तपाईहरुले गर्दै आउनुभयो भने व्यवस्थापिका संसदको मर्यादा खोइ ? मास्क र सेनीटाइजर अस्पतालसम्म पु¥याउने सिस्टम कोल्याप्स छ र सांसदज्यु ।

तपाइले अस्पतालमा भेण्टिलेटर ल्याएसंगै यहांको वेलझुण्डी अस्पतालमा भेण्टिलेटर चलाउन सक्ने चिकित्सक स्वास्थ्यकर्मिको स्थाइ रुपमा व्यवस्थापनमा लाग्नुपथ्र्यो । दुइ बर्षदेखि विद्यार्र्थीको क्याम्पस भवनमा सन्चालित कोरोना अस्पतालको स्थायित्वकालागि नयां भवन निर्माणमा अर्थपुर्ण पहल गर्न सक्नुपथ्यो ? जुन भावी सन्तानकालागी पनि स्मरणयोग्य हुने थियो । स्वास्थ्यसेवा विभागबाट ल्याएको त्यो भेण्टिलेटर चलाउने जनशक्ति नभएर खिया लागेकावेला अर्को जिल्लामा भेण्टिलेटरको अभावमा विरामीले ज्यान गुमाएको अवस्था हुन सक्छ ? कहिल्यै अरुका समस्या र समग्र मुलुकको समस्याका विषयमा गम्भीर हुनुभएको छ ?

रेम्डेशिविरको गलत प्रयोगले विरामीलाइ प्रतिअसर गरी ज्यान समेत गएको अवस्था मैले भोगेको पनि छु । तर फेरी आएको छ रेम्डिसिविर । जुन मेडिकल माफियाको सिफारीसमा मात्रै भएको वरीष्ठ फिजिशियनहरुलेनै बताइसकेका छन् ।

हो दाङ जिल्ला कोरोना भाइरसको नयां भेरियण्टको संक्रमणले आहत बन्यो । अझैपनि संक्रमणको त्रास छ । यदि तेस्रो लहरको संक्रमण सांच्चै चिकित्सकहरुले भनेअनुरुप थप खतरनाक भएर फैलियो भने त्यो वेला थप अस्पताल आवश्यक हुन्छ । त्यसकालागि थप बजेट विनियोजनकालागी अर्थमन्त्रालयमा दवाव दिनुपर्यो ।

खोप आयात र खोप खरीदका सन्दर्भमा दात्रिनिकाय एवं अन्तराष्ट्रिय समुदायमा कुटनितिक पहल राख्ने हैसियत बनाउन सक्नुपर्यो । किनकि जवसम्म आम नागरीकहरुलाइ खोप लगाउने व्यवस्थापन हुन सक्दैन, तवसम्म संक्रमणबाट जोगिने र ढ्क्क हनुे अवस्था रहंदन । यी यावत कुरालाइ थाति राखेर आफेले मास्क बोकेर अव सांसदज्युहरु अस्पताल पुग्नुपर्ने अवस्था होइन ।
हो, नेपालभरका स्वास्थ्य संस्थाहरुलाइ सवल बनाउन र आवस्यक स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन गर्न तपाइहरुको अहम भुमिका रहन्छ । त्यसकालागी उपयोगी स्वास्थ्य निति निर्माण गर्न सरकारलाइ दवाव दिनुस् ।

मुलुकलाइ राजनितिक अस्थीरताको शिकार हुनबाट जोगाएर सात दशकको आन्दोलनको उपज स्वरुप जनताले लेखेको संविधानलाइ पुर्ण रुपमा कार्यन्वयनमा ल्याउन तर्फ चनाखो बन्नुस् ।
कतिदिन मास्क र सेनीटाइजरको भारी बोकेर आउनुहुन्छ । तपाइले ल्याएको अक्सिजन कन्सन्ट्रेटरलाइ नियमित रुपमा सन्चालन गर्ने र आवस्यक परेकावेला मर्मत गर्न सक्ने दक्ष प्राविधिक जनशक्तिको दिर्घकालिन व्यवस्थापन गर्नुस् ।

कानुनी राज्यको प्रत्याभुतिकालागी अझैपनि सयौं ऐन कानुनहरु बन्नुपर्ने छन् । धेरै कानुनहरु परिमार्जन हुनुपर्ने अवस्थामा छन् । यी सवै काम समृद्धिका पहिला आधार हुन् । त्यसपछि त अक्सिजन कन्सन्ट्रेटर र भेण्टिलेटरहरु त तपाइले मन्त्रालयबाट बोकेर वेलझुण्डी ल्याइरहनुनै पर्दैन, त्यो त सिस्टमले ल्याउने होइन र ?

तपाइले ल्याएको भेण्टिलेटरहरुलाइ नियमित रुपमा सन्चालन गरी सेवा प्रदानगर्नकालागी दक्ष चिकित्सकिय जनशक्तिको व्यवस्थापन गर्नुस् ।
थाहा छ, तपाइहरुलाइ, रेम्डिशिविर कस्ता विरामीलाइ चलाउन सकिने भनेर ?

मैले सुनेको छु विशेषज्ञकै मुखबाट, रेम्डिसिविर कोरोना भाइरसका संक्रमितहरुकालागी प्रभावकारी औषधि होइन भनेर । अझ पछिल्लो समयमा त भारतबाट मेडिकल माफियाहरुले खुलेआम रुपमा नक्कली रेम्डिशिविर पनि नेपाल भित्राएको भनेर । विश्व स्वास्थ्य संगठनले रेम्डिशिविर प्रयोग नगर्न चेतावनी दिइरहेको मैले सुनेको छु । रेम्डेशिविरको गलत प्रयोगले विरामीलाइ प्रतिअसर गरी ज्यान समेत गएको अवस्था मैले भोगेको पनि छु । तर फेरी आएको छ रेम्डिसिविर । जुन मेडिकल माफियाको सिफारीसमा मात्रै भएको वरीष्ठ फिजिशियनहरुलेनै बताइसकेका छन् ।

सासदज्युहरु/पुर्व सांसदज्युहरु,

मुलुकलाई समग्र समृद्धिको दिसामा पु¥याउनकालागी कानुनी राज्यको पुर्ण रुपमा परिपालना हुनु आवस्यक छ । कानुनी राज्यको प्रत्याभुतिकालागी अझैपनि सयौं ऐन कानुनहरु बन्नुपर्ने छन् । धेरै कानुनहरु परीमार्जन हुनुपर्ने अवस्थामा छन् । यी सवै काम समृद्धिका पहिला आधार हुन् । त्यसपछि त अक्सिजन कन्सन्ट्रेटर र भेण्टिलेटरहरु त तपाइले मन्त्रालयबाट बोकेर वेलझुण्डी ल्याइरहनुनै पर्दन, त्यो त सिस्टमले ल्याउने होइन र ? पहुंचका आधारमा होइन, आवश्यकताका आधारमा स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्रिहरु सिस्टमले पु¥याउने छ

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस