२०७९ असार २३, बिहीबार

फिफा विश्वकप छनौट : नेपालले आज जोर्डनसँग खेल्दै

जेठ २४, २०७८  | ४९७ पटक पढिएको

जेठ २४ गते, काठमाडौँ । फिफा विश्वकप(२०२२ को दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग खेल्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल राति पौने १० बजे शुरू हुनेछ ।

जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजनामा हुनेछ । तर जोर्डनलाई जित्न नेपाललाई त्यति सजिलो भने छैन । यसअघिका तीन भेटमा दुईमा हार र एक बराबरी खेलेको नेपाल तुलानात्मक हिसावले कमजोर छ ।

तथापि अघिल्लो खेलमा चाईनिज ताईपेइलाई २(० ले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ ।
नेपाल ६ खेलमा ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस