शान्तिनगर गाउँपालिकामा रोजगारका लागि ४ हजार बढीले फाराम भरे


– निराश पाण्डे
१५ वैशाख, शान्तिनगर (दाङ) / शान्तिनगरमा चार हजार भन्दा बढिले रोजगारका लालि आवेदन फारम भरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शान्तिनगरमा चैत्र मसान्तसम्म सात ओटा वडाहरुमा ४२७५ जना बेरोजगार व्यक्तिहरुले फारम भरेको प्रधानमन्त्री रोजगार कार्यक्रम शान्तिनगरका संयोजक निम राज सापकोटाले जनाएका छन्।


१८ वर्ष देखि ५९ वर्ष सम्मका बेरोजगार व्यक्तिहरुले उक्त आवेदन फारम भर्न सकिने संयोजक साप्कोटाले जनाएका छन् । जस अन्तर्गत वडा नम्बर १ मा सबैभन्दा बढी ९२५ र सबैभन्दा कम वडा नम्बर २ मा ३५३ ले आवेदन फारम भरेका छन् ।
त्यसै गरि वडा नम्बर ३ मा ६६३ वडा नम्बर ४ मा ६८७ पाँचमा ४२० वडा नम्बर छ मा ६४६ र सातमा ५८१ जनाले रोजगारका लागि आवेदन फारम भरेका छ्न् ।

२०७५ चैत्र मसान्त सम्म समय अवधि भएता पनि नेपाल सरकारले २०७६ बैशाख मसान्तसम्म रोजगारका लागी आवेदन फारम भर्न सकिने व्यवस्था मिलाएको रोजगार संयोजक निम राज सापकोटाले जनाएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस