२०७९ साउन ३१, मंगलबार

लकडाउनको एक महिना : सहज बन्दै संक्रमण, सुनसान छ कोरोना हेलिप्याड

खेमराज रिजाल  |  जेठ १७, २०७८  | ८९५ पटक पढिएको

बेलझुण्डी, १७ जेठ । ‘घों……..को आवाज आउन छाडेको त्यस्तै दुइसाता पुगेको छ । एम्वुलेन्सको ¥याउं¥याउंको आवाज पनि निकै कम भएको छ । वाइकमा अक्सिजन शिलिण्डर बोकेर अस्पताल छिर्नेहरु पनि अचेल देखिंदैनन ।’ वेलझुण्डी रंगशाला उत्तरका स्थानियबासी विपिन शर्माले फोनमा भनीरहेका थिए ।

विपिनको यो अभिव्यक्तिसंगै अर्का वेलझुण्डी कोरोना विशेष अस्पताल नजिकैका स्थानियबासी कृष्णवहादुर बुढाथोकीको पनि अभिव्यक्ति यस्तै थियो । ‘हो नी अचेल त सांच्चै अक्सिजन पाइन्छ रे, वेड पाउनलाइ पनि त्यति सास्ती छैन, हामै्र एक जना छिमेकीलाइ अस्ती सांझ सोर्ष नलगाइ भर्ना गरियो, अक्सिजन पनि उपलव्ध रहेछ’, बुढाथोकिले उत्साहित हुंदै भनेका थिए, कोरोनाको अच्चाक्ली केहि कम भएको होकी ।

स्थानियबासीका अनुसार बैसाख अन्तिम साताको एक दिन त हेलिकोप्टरले वेलझुण्डी अस्पतालबाटै चारखेप विरामी काठमाण्डौ लगेको थियो । त्यसको भोलिपल्टै कम्तिमा ८ जनाले बेलझुण्डिकै अस्थाइ कोरोना अस्पतालमा ज्यान गुमाएका थिए । अधिकांश निधनको कारण थियो अक्सिजनको अभाव । कति दिन त विरामीका अभिभावकहरुलेनै अस्पतालमा अक्सिजनको जोहो समेत गरेर लग्ने गरेका थिए । ‘कति विरक्तलाग्ने अवस्था थियो, अस्पतालमा, आफैले बजारबाट अक्सिजन खोजेर अस्पताल लैजानुपरेको थियो, बल्लतल्ल आफन्तलाइ निको बनाउन सकियो’—एक जना विरामीका आफन्त तुलसीपुर १७ झिंगै निवासी खुम वहादुर बस्नेतले भनेका थिए । कुनै दिन त अस्पताल भित्र वेड नपाएर विरामीलाइ वरण्डामै उपचार गरीएको थियो । विरामीलाइ वेड नपाएर कति घण्टा त एम्वुलेन्समै घोराही—तुलसीपुर कुदाउनुपरेको थियो, बल्लतल्ल बेड पाउंदा ढिलो भैसकेको हुन्थ्यो । त्यसैले पनि यो दोस्रो लहरले दाङ जिल्लालाइ निकै आहत बनायो ।

अस्पतालमा भर्नाकालागी विरामी ल्याउन आग्रह गरीरहंदा मेसुले सकेसम्म फोननै रिसिभ गर्दैनथे, उठाइहाले पनि अहिले वेड र अक्सिजन दुवै छैन भनेर ठाडो जवाफ दिन्थे । अस्पताल व्यवस्थापनको सवै जिम्मेवारी हेल्थ असिस्टेण्ट दोर्ण वलीको जिम्मामा । प्राय चौविसै घण्टा उपलव्ध हुने स्वास्थ्यकर्मि एवं व्यवस्थापक बनेका छन् युवा श्वास्थ्यकर्मी दोर्ण वली । वडाध्यक्ष वा नगर प्रमुखलाइ अनुनय र विनय गरेपछि मात्रै वेटिङमा वेड उपलव्ध हुन्थ्यो । वेड पाएपनि अक्सिजन नपाउंदा कतिले त अक्सिजन नपाएर फ्याक्फ्याक गर्दै देह त्याग गरेको पनि स्वयम स्वास्थ्यकर्मिले बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको एउटै वडाको एउटै घाटमा एकै दिनमा ४ जना सम्मको दाहासंस्कार गर्नुपरेको तुलसीपुर उपमहानगरपालिका—४ का स्थानियबासी रेशम खड्काले बताएका थिए । संक्रमण गाउंसम्मै गाजिदा तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमु्ख ओम प्रकाश न्यौपानेको पुरै परीवार कोरोना भाइरसबाट संक्रमित बनेको थियो ।
एम्वुलेन्सको चरम अभाव हुंदा तुलसीपुर उपमहानगरपालिकाले अटोलाई समेत एम्वुलेन्सका रुपमा प्रयोग गरेको थियो । ‘स्वास्थ्य शाखाका कोरोना फोकलपर्शन विमल केसीकै भनाइमा संक्रमणले कुनै वडा र कुनै टोललाइ छुन बांकि छैन, स्थानियबासीको माग अनुसार एमवुलेन्स उपलव्ध नहुने र शुल्क पनि अत्यन्तै महंगो लिने जनगुनासो पनि उपमहानगरपालकाले अटो एम्वुलेन्स सन्चालनमा ल्याएको हो । नौ वटा अटो एम्वुलेन्सलाइ भ्याई नभ्याई थियो, संक्रमित ओसार्न । तुलसीपुरका हरेक निजि क्लिनिक र मेडिकालका कोरोनाका संकास्पद विरामी मात्रै, डाक्टरले विरामीलाइ छुन समेत त्रासको अनुभुति गर्थे । अस्पतालमा ओपिडि सेवा प्राय सुनसान । मेडिकल ओपिडिमा मात्र विरामीको चांप ।

वेलझुण्डीको कोरोना अस्पताललाइ सरुवारोग विशेष ट्रपिकल अस्पताल बनाउने लुम्विनी प्रदेशका मुख्यमन्त्रीको अभिव्यक्ति विचमै कता हरायो। झण्डै सुन्य विरामीको अवस्था पुगेपछि दोस्रो लहरले फेरी एक पटक भिडमभिडको अवस्थामा पुगेको थियो कोरोना विशेष अस्पताल । भएका स्वास्थ्यकर्मिहरुलाइ समेत अन्यत्र सरुवा गरिएसंगै श्रोतसाधन र बजेट प्रयाप्त नहुंदा गत असोज महिनादेखि उधारोमा चलेको अस्पतालमा सेवा बृद्धि निकै चुनौतिपुर्ण बन्यो । स्थानियबासीले कोरोना विशेष अस्पताललाई उपचारको थलो भन्दा पनि कोरोना हेलिप्याडका रुपमा हेर्न थालेका थिए । किनकि हरेक दिन हेलिकोप्टर आउंदा विरामीलाइ स्वर्ग लैजाने पुस्प विमान आएको अनुभुति हुन्थ्यो, स्थानिबासीमा । कारण हेलिकोप्टरमा राजधानीका ठुला अस्पताल लगिएका अधिकांश विरामीले उतै देहत्याग गरे ।

लकडाउन थपिइरहंदा तुलसीपुर उपमहानगरपालिकाले एउटा अस्पताल सन्चालनमा ल्याएको छ । अस्वारामा अस्पताल सन्चालनमा आएपछि केहि राहत भएको तुलसीपुरबासीहरुले बताएका छन् । तर शहर बजार क्षेत्रमा संक्रमण धेरै कम भएपनि गाउंबस्तीमा भने पछिल्लो समयसम्म पनि सिकिस्त विरामीहरु भेटिन थालका छन् ।

अस्पतालको व्यवस्थापन पनि दयनिय । युवाहरुको जमातले चलाएको कोरोना बिशेष अस्पतालमा त्यहाका मेसु डा विनोद सिहको झिनो उपस्थीति र सुस्त व्यवस्थापनले कसैको पनि चित्त बुझेको छैन । अस्पतालमा पानी समेत नपाएको विरामीका कुरुवाहरुले सामाजिक सन्जालमा टुवीट गरीरहेका देखिन्थे । अस्पतालमा भर्नाकालागी विरामी ल्याउन आग्रह गरीरहंदा मेसुले सकेसम्म फोननै रिसिभ गर्दैनथे, उठाइहाले पनि अहिले वेड र अक्सिजन दुवै छैन भनेर ठाडो जवाफ दिन्थे । अस्पताल व्यवस्थापनको सवै जिम्मेवारी हेल्थ असिस्टेण्ट दोर्ण वलीको जिम्मामा । प्राय चौविसै घण्टा उपलव्ध हुने स्वास्थ्यकर्मि एवं व्यवस्थापक बनेका छन् युवा श्वास्थ्यकर्मी दोर्ण वली । वडाध्यक्ष वा नगर प्रमुखलाइ अनुनय र विनय गरेपछि मात्रै वेटिङमा वेड उपलव्ध हुन्थ्यो । वेड पाएपनि अक्सिजन नपाउंदा कतिले त अक्सिजन नपाएर फ्याक्फ्याक गर्दै देह त्याग गरेको पनि स्वयम स्वास्थ्यकर्मिले बताएका छन् ।

‘सक्नेहरु हेलिकोप्टर चार्टर गरेर राजधानी लगिंदा आफ्नो मुटु्ले पनि ठाउंछाडेजस्तो लाग्थ्यो, छेउकै विरामीको निधन हुंदा आफ्नो पनि स्वास रोकिएको अनुभुति हुन्थ्यो’, भर्खरै सो अस्पतालबाट संक्रमण मुक्त भएर घर फर्केका एक जना स्थानियबासीले नाम उल्लेख नगर्ने सर्तमा यस सम्वाददातालाइ भने । उनको भनाइमा अस्पतालमा अत्यधिक खट्ने भनेका नर्स, अहेवनै रहेछन्, ठुला विशेषज्ञ डाक्टरको नियमित सेवा त मुस्कीलनै रहेछ ।

यस्तो अवस्थामा पनि घरमा अक्सिजन लुकाउनेको कमि थिएन, घरमै लुकाएको अक्सिजन सहि तरीकाले प्रयोग गर्न नजान्दा देउखुरीका एक विरामीको अस्पताल आउन नपाउंदै घरमै निधन भयो । पछि उनका आफन्तले घरमा रहेका दुवै सिलिण्डर पशलमा फिर्ता गरे । यहां रहेका उद्योगहरुले पनि केहि विरामीलाइ लिक्यिुड अक्सिजन उपलव्ध गराउन थाले । सामाजिक संस्थाहरुले पनि शिलिण्डर कलेक्शन गर्न थाले अनि सांसदहरुले पनि राजधानीबाट केहि शिलिण्डर ल्याउन थाले । दाङ जिल्लामै स्थापना भएर पनि चल्न नसकेको अक्सिजन प्लाण्ट पनि सन्चालनमा आएसंगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोनाका संक्रमितहरुका लागि आइशोलेशन वेड सन्चालनमा ल्याइएको छ ।

‘सक्नेहरु हेलिकोप्टर चार्टर गरेर राजधानी लगिंदा आफ्नो मुटु्ले पनि ठाउंछाडेजस्तो लाग्थ्यो, छेउकै विरामीको निधन हुंदा आफ्नो पनि स्वास रोकिएको अनुभुति हुन्थ्यो’, भर्खरै सो अस्पतालबाट संक्रमण मुक्त भएर घर फर्केका एक जना स्थानियबासीले नाम उल्लेख नगर्ने सर्तमा यस सम्वाददातालाइ भने । उनको भनाइमा अस्पतालमा अत्यधिक खट्ने भनेका नर्स, अहेवनै रहेछन्, ठुला विशेषज्ञ डाक्टरको नियमित सेवा त मुस्कीलनै रहेछ ।

तर अचेल घाट पनि विस्तारै सुनसान हुन थालेका छन् । विस्तारै सहज बनेको अनुभुति हुन थालेको छ । एम्वुलेन्सका आवाजसंगै हेलिकोप्टर पनि विरामी लिन आउन छाडेका छन् । दैनिक संक्रमितहरुको दर पनि केहि कम भएको छ । निकोहुनेको दर उत्साहजनक रहेको छ भने निधन हुनेहरुको संख्या र दरमा पनि धेरै कमि आएको जिल्ला जनश्वास्थ्य कार्यालयले बताएको छ । यद्धपि कोरोना भाइरसको संक्रमण भने अझै पनि नियन्त्रणमा आउन सकेको छैन ।

लकडाउन थपिइरहंदा तुलसीपुर उपमहानगरपालिकाले एउटा अस्पताल सन्चालनमा ल्याएको छ । अस्वारामा अस्पताल सन्चालनमा आएपछि केहि राहत भएको तुलसीपुरबासीहरुले बताएका छन् । तर शहर बजार क्षेत्रमा संक्रमण धेरै कम भएपनि गाउंबस्तीमा भने पछिल्लो समयसम्म पनि सिकिस्त विरामीहरु भेटिन थालका छन् ।

जसको कारण संक्रमण लुकाउने र अव्यवस्थीत तथा स्वघोषित होम आइशोलेशन हो । सामान्य रुघाखोकि र जरो आएको भन्दै आफैले पैसा तिरेर परीक्षण नगराउने तथा स्थानिय सरकारले पनि कन्ट्याक्ट ट्रेसिङका आधारमा निशुल्क परीक्षणको व्यवस्थापन गर्न नसकदा ग्रामिण बस्तीमा संक्रमणको डढेलो कायमै रहेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस