२०७९ माघ १३, शुक्रबार

यु.पि.भि.सी प्रयोगले वातवरण संरक्षण हुने

बैशाख १५, २०७६  | १७०८ पटक पढिएको

 

तुलसीपुर,  वैशाख ।

यु.पि.भि.सीका सामग्रीहरु वातावरण मैत्रीपूण र आकर्षक डिजाईनका भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

भवन संसार मेटेरियल्स इण्डष्ट्रिज प्रा.लि घोराहीले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले वातावरण संरक्षण र सुपथ मूल्यको लागि यु.पि.भि.सीको प्रयोग उपयोगी हुने बताएका थिए । भवन संसार मेटेरियल्स इण्डष्ट्रिज प्रा.लि घोराहीका अध्यक्ष सुरेश बस्नेतको अध्यक्षता तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया आचार्यको प्रमुख आतिथ्य एव नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले जर्मन प्रबिधिबाट उत्पादित युपिभिसीका सामग्रीहरु काठ र अन्य भन्दा सस्तो र बलियो भएको दावी गरे । उनले वातावरण संरक्षण र वातावरण मैत्रीपूर्णको लागि युपिभिसीका सामग्रीहरु उपयोगी भएको भन्दै घर निर्माणको लागि आकर्षक डिजाईन र सुपथ मूल्यको लागि यो हितकारी हुने बताए ।

कार्यक्रममा प्रमुख अतिथि माया आचार्यले विभिन्न समयमा विभिन्न कम्पनी र विभिन्न बस्तुहरु बजारमा आउने र पछि हराउने गरेको भन्दै उपभोक्ताहरुलाई सुपथ मूल्यमा टिकाउ हुने उत्पादन गर्नुपर्ने सुझाव दिइन । उनले इण्डष्ट्रिजले उत्पादन गर्ने बस्तुले केही हद सम्म वातावरण संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरीन् । कार्यक्रममा विशिष्ट अतिथि नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीले पछिल्लो समयमा विभिन्न बहानामा बन विनाश हुने गरेको भन्दै यसले वातवरण संरक्षणमा भुमिका खेल्ने अपेक्षा व्यक्तगरे । गिरीले युपिभिसी घर निर्माणका लागि उपयोगी बन्दै गएको भन्दै उपभोक्ताहरुलाई सस्तो र टिकाउ हुने खाले सामग्रीहरु उपलव्ध गराउनुपर्ने बताए । कार्यक्रममा इण्डष्ट्रिजका बजार व्यवस्थापक विनोद पुनले विशेषताहरु वारेमा जानकारी गराउदै युपिभिसी वातावरण मैत्री, वाटर पुरुढ, ध्वनी प्रतिरोधक, हेर्दा काठ जस्तै देखिने रतर काठभन्दा बलियो , आकर्षक र टिकाउ हुने बताए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, डकर्मी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष प्रेम विक, फनिचर व्यवसायी ऋषिराज भण्डारी , होटेल व्यवसायी नेत्र वली, सञ्चालक विकाश वुढाथोकीलगायतले बोलेका थिए । सो अवसरमा तुलसीपुर सोरुमका सञ्चालक डम्वर डाँगीले आफुहरुले जिल्लाका स्थानीय निकायहरु संग सहकार्य गरी प्लाष्टीक जन्य फोहरहरुलाई संकलन गरी फोहरलाई मोहर बनाउने अभियानमा लाग्ने बताए ।

घोराही –१४ कपासी बगियामा स्थापना गरीएको इण्डष्ट्रिज प्रालिले घर निर्माणमा प्रयोग हुने जस्ता पाता, झ्याल, ढोला निर्माणका साथै वाल डेकुरेशनलगायतका कामहरु गर्ने बताएको थियो ।

यसको सोरुम तुलसीपुरको ग लाईन क्याम्पस रोडमा पनि रहेकोछ । कार्यक्रममा विभिन्न डकर्मी व्यवसायी, हाडवयर व्यवसायीहरुको सहगीतारहेको थियो । कार्यक्रमको सहजिकरण तुलसीपुर शोरुमका सञ्चालक डम्वर डाँगीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस